विद्यालय शिक्षा विधेयक २०८० का केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शुक्रबार आन्दोलन घोषणा गरेको छ । महासंघले विधेयकमा परिमार्जनको मागसहित विरोध कार्यक्रम घोषणा गरेकै दिन निजी विद्यालय सञ्चालकहरूले भने पूर्वघोषित आन्दोलन स्थगित गरेका छन् ।