प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्राकृतिक स्रोतको समान वितरणबाट मुलुकमा रहेका असमानता हटेर जाने बताएका छन् । मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन, विश्वव्यापी आवधिक पुनरावेदनबाट प्राप्त सिफारिस कार्यान्वयन कार्ययोजना र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी पाँचौँ आवधिक प्रतिवेदनको प्रारम्भिक मस्यौदासम्बन्धी छलफलमा उनले उत्पादनको न्यायोचित वितरण र उनीहरूको अनिवार्य आवश्यकतालाई राज्यले पूरा गरेर असमानता हटाउनुपर्ने बताए ।विभेदले केही जातजातिको नश्ल ल