टोकियो ओलम्पिकको चौंथो दिन २२ स्वर्णका लागि प्रतिष्पर्धा, अहिलेसम्म अमेरिका शिर्षस्थानमा

काठमाडौं, १२ साउन । टोकियो ओलम्पिकको चौंथो दिन २२ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुँदैछ । आज जिम्न्यास्टिक, साइक्लिङ, डाइभिङ, सुटिङ, जुडो, पौडी, तेक्वान्दो, भारत्तोलनलगायतका खेलहरुमा स्वर्णका लागि प्रतिष्र्धा हुन लागेको हो । अहिलेसम्म पदक तालिकामा अमेरिका ८ स्वर्णका लागि शिर्षस्थानमा छ । जापान पनि ८ स्वर्णका लागि दोस्रो स्थानमा छ । चीन ७ स्वर्णका साथ […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिक सकियो, सन् २०२४ को ओलम्पिकका लागि फ्रान्सलाई झण्डा हस्तान्तरण

काठमाडौं । जापानमा आयोजित गृष्मकालिन ओलम्पिकको ३२ संस्करण सम्पन्न भएको छ । राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा दर्शकहरूको उपस्थिति भने थिएन । टोकियो ओलम्पिकमा अमेरिका पदक तालिकामा च्याम्पियन बनेको छ । ३९ स्वर्णसहित कुल १ सय १३ वटा पदक जितेको अमेरिका शिर्ष स्थानमा रह्यो । दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काश्यका […]

टोकियो ओलम्पिकको समापन, अमेरिका पहिलो स्थानमा

कोरोना भाइरस महामारीका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक आइतबार सम्पन्न भएको छ । समापन समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचले ‘टोकियो २०२०’ सम्पन्न भएको घोषणा गरेका हुन् । टोकियो ओलम्पिकमा सर्वाधिक ३९ स्वर्ण जित्दै अमेरिका पहिलो भयो । उसले ४१ रजत र ३३ कास्यसहित कुल १ सय १३ पदक जित्यो । दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित कुल ८८ पदक जित्यो । तेस्रो स्थानको आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जित्यो । २२ स्व

टोकियो ओलम्पिक सम्पन्नः ३९ स्वर्णसहित अमेरिका शीर्षस्थानमा

जापानमा आयोजित विश्व खेलकुदको कुम्भमेला ओलम्पिक खेलकुदको समापन भएको छ। आइतबार जापानको राजधानी टोकियोमा आयोजित भव्य समारोहका बीच ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदको समापन गरिएको हो। ३२ औँ ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रह्यो। उसले ३९ स्वर्ण, ४२ रजत र ३३ कास्यसहित कुल ११३ पदक जित्यो। यस्तै दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ […]

टोकियो ओलम्पिक सकिँदै, पदक तालिकामा अमेरिका च्याम्पियन

काठमाडौं, साउन २४ । जापानमा जारी टोकियो ओलम्पिक आइतबार सकिंदैछ । ओलम्पिकको अन्तिम दिन आइतबार बिभिन्न ८ खेलका १३ स्वर्ण पदकको भिडन्त भएको छ । ग्रिष्मकालिन ओलम्पिकको यो ३२ औं संस्करणको प्रतियोगितामा अमेरिका पदक तालिकामा च्याम्पियन बनेको छ । प्रतियोगिता सुरु भएको चार दिनसम्म जापान शिर्ष स्थानमा रहेको थियो । त्यसपछि चीनले आफुलाई शिर्ष स्थानमा […]

ओलम्पिकको एकै संस्करणमा जापानले जित्यो अहिलेसम्मकै धेरै स्वर्ण

१५ साउन काठमाडौं । जापानले आफ्नै देशमा भइरहेको टोकियो ओलम्पिक २०२० मा १७ स्वर्णपदक जितिसकेको छ । यसअघि धेरै स्वर्ण जित्नेमा अगाडि रहने अमेरिका र चीनलाई यस पटक जापानले टक्कर दिइरहेको छ । त्यति मात्र होइन जापानले एकै ओलम्पिकमा सर्वाधिक स्वर्ण समेत जितेको छ । शुक्रबार फेन्सिङ अन्तर्गत पुरुष इपीमा टिममा स्वर्ण जितेपछि जापानले ओलम्पिक […]

टोकियो ओलम्पिक : पदक तालिकामा चीनको अग्रता

काठमाडौं । ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा चीनले अग्रता बनाएको छ । जापानको टोकियोमा जारी ओलम्पिकअन्तर्गत बिहीबार दिउँसोसम्म कुल १०४ स्वर्णपदकको छिनोफानो भएको छ । जसमा ३७ राष्ट्रले स्वर्णपदक जितेका छन् । ओलम्पिकको सातौँ दिन जारी रहँदा पदक तालिकामा चीन शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका र जापानलाई पछि पार्दै चीन...

टोकियो ओलम्पिकको पदक तालिकामा चीनको अग्रता कायम

काठमाडौं।टोकियो ओलम्पिक २०२० को पदक तालिकामा चीनको अग्रता दोस्रो दिन पनि कायम रहेको छ। चीन ६ स्वर्ण, १ रजत र ४ कास्यसहित कुल ११ पदकका साथ तालिकाको पहिलो नम्बरमा छ। आयोजक जापान ५ स्वर्ण र १ रजतसहित कुल ६ पदकका साथ दोस्रो स्थानमा छ। यस्तै, अमेरिका ४ स्वर्ण, २ रजत र ४ काश्यसहित १० पदकका साथ तेस्रो स्थानमा छ।