नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार जारी गरेको प्रेस विज्ञप्तिको भाषाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ओलीले देउवाको विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई तपाईं नभनिएकोमा असन्तुष्टि व्यक्त गरे ।
‘विज्ञप्तिमा तिमी, उनी, यसो गरिन्, यस्तो भाषा बोलिएको छ,’ ओलीले भने, ‘जनताका छोराछोरी सम्मानित पदमा पुगे भने सम्मान गर्नु हुँदैन भन्ने ठान्छन्, असभ्य तर...