पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते दिएको अभिव्यक्तिको विषयमा नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले सरकारको जवाफ माग गरेका छन् । शाहले आफूलाई 'श्री ५ महाराजधिराज' भन्दै राजतन्त्र ब्युँताउने प्रस्तावसहितको विज्ञप्ति सार्वजनिक गरेका थिए ।