काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएर चुनाव जिते।उनले चुनाव जितेको ३ महिना बित्यो तर फोहोर व्यवस्थापन हुनुको सट्टा समस्या अझ थपिएको छ। अझ भनौं फोहोर उठेकोभन्दा आन्दोलनका कारण फोहोर रोकिएको दिन धेरै छन् भन्दा फरक नपर्ला। त्यसो त उपत्यकामा फोहोरको समस्या उनी चुनिएर आउनुभन्दा केही महिनाअघि विद्यासुन्दर शाक्यको मेयरकालमा नै शुरु भइसकेको थियो। उपत्यकाको फोहोरबारे जानकार मेयर साहले निर्वाचनको अन्तिम मत परिणाम आउनुअघि