कोरोनामा व्यापार: निजी अस्पताललाई संक्रमितको उपचार गर्ने अनुमति, स्वीकृति नपाएका अस्पतालले १० प्रतिशत बढी रकम लिई परीक्षण गर्न पाउने

काठमाडौँ: सरकारले निजी अस्पतालहरूलाई कोभिड-१९ का संक्रमितको उपचार गर्न दिने भएको छ। सरकारले लागू गरेको 'कोभिड १९ संक्रमितको उपचार बापत अस्पताललाई उपलब्ध गराउने सम्बन्धी आदेश'लाई परिमार्जन गर्दै निजी अस्पताललाई पनि उपचार गर्न दिने भएको हो। स्वास्थ्य मन्त्रालयले जारी गरेको आदेशमा कोभिड-१९ को संक्रमण पुष्टि भएकाहरूलाई होम आइसोलेसन वा सामुदायिक

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा गर्नेले उपचार खर्चको १० प्रतिशत व्यहोर्नुपर्ने कार्यविधि तयार

११ पुस, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । स्वास्थ्य बीमा गरेको व्यक्तिले अस्पतालमा अनावश्यक रुपमा स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क तिर्नुपर्ने गरी बोर्डले कार्यविधि बनाएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ (१) र दफा ४१ दिएको अधिकार प्रयोग […]

बूढानीलकण्ठ नगरपालिकाका १४६ बालबालिकामा जन्मजात मुटुरोग

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ । बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी स्कुलका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले १ सय ४६ विद्यार्थीमा जन्मजात मुटुसम्बन्धी समस्या देखाएको हो । अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले ५ देखि १५ वर्ष उमेर समूहका १३ हजार विद्यार्थीको मुटु परीक्षण गर्दा ९ जनामा मात्र बाथ मुटुरोग देखिएको बताए ।       बाथ तथा मुटु ज्वरो छ, छैन भन्ने अध्ययन गर्ने स्क्रिनिङ परीक्षण शुरू गरिएको थियो । पुसदेखि माघको अन्तिमसम्ममा गरिएको परीक्षणमा सरकारी विद्यालयका ३ हजार ८ सय २० र निजी विद्यालयका ९ हजार १ सय ८० जना विद्यार्थी सहभागी थिए । उनका अनुसार १ सय ४६ बालबालिकामा जन्मजात मुटुसम्बन्धी समस्या देखिएको हो । ‘अस्पतालमा परीक्षण (इको) गर्दा शंका लागेका विद्यार्थीलाई पुन: अस्पतालमा परीक्षण गरेका थियौं । बाथ तथा मुटु रोगका समस्या भएका ९ बिरामी देखिए । १ सय ४६ लाई विभिन्न किसिमको जन्मजात मुटुको रोग देखियो ।’ अध्ययनले आर्थिकरूपमा सबल स्थानमा बाथ मुटु रोग कम हुन सक्ने देखाएको उनको भनाइ छ । ‘लक्षण नभए पनि जन्मजात मुटु रोगको समस्या हुन सक्ने यो अध्ययनले देखाएको छ । अर्कोतर्फ काठमाडौं उपत्यका नजिकका ठाउँमा स्वास्थ्य सेवाको पहुँच र सबल आर्थिक पक्षका कारण पनि बाथ मुटु रोग कम देखिएको भन्न सकिन्छ,’ डा. अधिकारीले भने । केन्द्रले मुगु जिल्ला र धुनीबेसी नगरपालिकामा समेत मुटुरोगको अध्ययन गर्ने तयारी रहेको निर्देशक अधिकारीले जानकारी दिए । उनले भने, ‘देशका विकट स्थानमा मुटुसम्बन्धी समस्या कस्तो छ भन्ने जान्नका लागि मुगुमा अध्ययन गर्ने तयारी छ ।’ जन्मजात मुटु सचेतना सप्ताह चलिरहँदा अस्पतालले उक्त अध्ययन सार्वजनिक गरेको हो । जन्मजात मुटुरोग सचेतना सप्ताह फेब्रुअरी ७ देखि १४ सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइन्छ । बाल मुटुरोग विशेषज्ञ डा उर्मिला शाक्यका अनुसार सय जनामा एक जनालाई जन्मजात मुटुसम्बन्धी रोग हुने गर्छ । तीमध्ये एक तिहाइलाई जटिल प्रकारको समस्या हुने र उपचार नपाए मृत्युको जोखिम हुने गर्छ । उनी भन्छिन्, ‘सबैभन्दा बढी बच्चाको मृत्युको कारण जन्मजात मुटुसम्बन्धी रोग हो । गर्भावस्थाबाटै शिशुको मुटुभित्र र बाहिरका बनावटमा कुनै पनि प्रकारको विकृतिलाई जन्मजात मुटुरोग भनिन्छ ।’ जन्मजात मुटुसम्बन्धी रोगका ९० प्रतिशत कारण पुष्टि नहुने र १० प्रतिशत कारणमध्ये सबैभन्दा धेरै वंशाणुगत र वातावरणीय प्रतिक्रिया हुने पनि उनले बताइन् । मुटुरोग विशेषज्ञ डा पुनम शर्मा १२ देखि २४ हप्ताको गर्भमा शिशुको मुटुसम्बन्धी समस्या परीक्षण गर्न सकिने बताउँछिन् । ‘त्यस्ता समस्या सामान्यदेखि जटिलसम्म हुनसक्छ । समयमा पहिचान हुनसके जटिल मुटुरोगको उपचार सम्भव छ,’ उनले भनिन् । डा शर्माका अनुसार जन्मजात मुटुरोग हुने बालबालिकामा ओठ र जिब्रो नीलो हुने, तौल नबढ्ने, छिटो थाक्ने, आमाको दूध राम्ररी खान नसक्ने र निमोनिया भइरहने जस्ता लक्षण देखिन सक्छ । गर्भवती महिलाले मद्यपान, धुम्रपान गर्ने र विकिरणको सम्पर्कमा आउँदा शिशुमा मुटुसम्बन्धी समस्या देखिन सक्छ । चिकित्सकको सल्लाहविना औषधि सेवन, पोलेट भिटामिनको अभाव, नजिकको नातामा हुने विवाह, डाउन सिन्ड्रोम, रुबेला भाइरस र वंशाणुगत कारणले बालबालिकामा जन्मजात मुटुरोगसम्बन्धी विभिन्न समस्या देखिन सक्छ । रासस

स्वास्थ्य बीमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

२३ मंसिर, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा […]

स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

काठमाडौँ,२३ मँसिर । स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा उपचार […]

स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा उपचार गरेबापत १० प्रतिशत सहभुक्तानी तिर्नुपर्ने बताए ।प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवा

स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

काठमाडौँ – स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ। बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो। त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ। बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा उपचार गरेबापत १० प्रतिशत सहभुक्तानी […]

धनगढीका जेष्ठ नागरिकलाई निजी अस्पतालले निःशुल्क उपचार दिने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा निःशुल्क उपचार पाउने भएको छन् । मंगलबार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच उक्त सम्झौता भएको हो । उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा बसेको दुवै पक्षबीचको बैठकले ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवासहित रोग निदान (परीक्षण) र बेड चार्जमा १० प्रतिशत सहुलियत […]

नेपालमा करीब ४७ लाख उच्च रक्तचापका बिरामी, जोगिने उपाय के ?

जेठ ३, काठमाडौं । नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ ।  विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ आयोजना गरेको पत्रकार अन्तक्रिया कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताएका हुन् ।  उनका अनुसार तीमध्ये १० लाखलाई आफ्नो उच्च रक्तचापको अवस्थाबारे जानकारी रहेको र चार लाखले मात्र औषधि सेवन गर्ने गरेका छन् । औषधि सेवन गर्नेमध्ये दुई लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको उनको भनाइ थियो ।  उच्चरक्तचाप तनाव, प्रदूषण, अस्वस्थ्यकर खाना, मध्यपान, सुर्तीजन्य पदार्थको प्रयोग र निस्क्रिय जीवनशैलीले हुने गर्दछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले रक्तचापबाट बच्नका लागि सन्तुलित जीवनशैली अपनाउनु पर्ने बताए ।  उनले नसर्ने रोगलाई मन्त्रालयले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारीसमेत गरेको जानकारी दिए । उच्च रक्तचापका कारण मस्तिष्कघात, हृदयाघात, मुटु तथा रक्तनलीसम्बन्धी रोग, दीर्घ मिर्गौलाको समस्याजस्ता रोग लागेर अकालमै मानिसको मृत्यु हुने गर्दछ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले रक्तचापबाट बच्नका लागि नुन र चिनीको मात्रा कम गर्नु पर्नेमा जोड दिए । उनले उच्च रक्तचापमा सर्वव्यापी गुणस्तरीय समतामूलक स्वास्थ्य सेवाको पहुँच बढाई यस वर्ष नियमित औषधि सेवन गर्ने संख्या १० लाख पुर्‍याउने बताए ।  विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले रक्तचापको उपचारसँगै जनचेतनासमेत जगाउनुपर्ने बताए । उनले रक्तचापको रोकथामका लागि स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालबाट नै विशेष सेवा प्रवाह गरिरहेको जानकारी दिए । महानिर्देशक सिंहले नियमित रक्तचाप परीक्षण र औषधि सेवनले रोगको रोकथाम गर्न सकिने बताए ।   वरिष्ठ हृदयरोग विशेषज्ञ डा ओममूर्ति अनिलले १५ देखि २४ वर्ष उमेरसमूहमा उच्च रक्तचाप १० प्रतिशत र ४० वर्षभन्दा माथिका मानिसमा ५० प्रतिशत उच्च रक्तचाप देखिएको जानकारी दिए । उनले काठमाडौंमा पेसागतरुपमा काम गर्ने युवामा बढी उच्चरक्तचाप देखिएको छ भने ।  डा अनिलले नुनले मात्र उच्च रक्तचाप नभएर गुलियो र चिल्लो खानेकुरा खाँदा पनि रक्तचाप बढ्ने बताए । उनले ५० प्रतिशत मानिसले आफूमा उच्च रक्तचाप भएको थाहा नपाउने भएकाले यसको  रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोगसम्बन्धी पठनपाठनको व्यवस्था गर्नु पर्नेमा जोड दिए । ‘दीर्घ जीवनको आधारः नियमित रक्तचाप परीक्षण, नियन्त्रण र उपचार’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर नै यो दिवस मनाइदै छ । टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकाइ महसुस हुने, एक्कासि नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढ्नेजस्ता समस्या उच्च रक्तचापका लक्षण हुन् ।  कसरी बच्ने ?  उच्च रक्तचापबाट बच्नका लागि धु्रमपान तथा मदिरासेवन नगर्ने, हरियो सागसब्जी तथा फलफूल धेरै खाने, खानामा नुनको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने, नियमित व्यायाम तथा योग गर्ने गर्नु पर्दछ । रासस

सूचीकृत नभएका निजी अस्पतालले पनि कोरोना परीक्षण र संक्रमितको उपचार गर्न पाउने

काठमाडौं : सरकारले सूचीकृत नगरेको अस्पतालले कोरोना परीक्षण गर्ने र संक्रमितको उपचार गर्न पाउने व्यवस्था गरेको छ। शंकास्पद व्यक्तिहरुको पिसिआर परीक्षणको लागि तोकिएको १० प्रतिशत भन्दा बढी लिन नपाउने गरी व्यवस्था गरेको हो। सूचीकृत नभएका अस्पतालले परीक्षण गरेको नमुना स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगश...