झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।छैटौं पटक थप गरिएको निषेधाज्ञामा अघिल्लो निषेधाज्ञा भन्दा केही खुकुलो बनाइएको छ । निषेधाज्ञा अवधिभर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दूध डेरी, पुस्तक पसल, हार्डवेयरलाई विहान ६ देखी १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै, कृषिजन्य बीउ विजन पसल १० बजेदेखि ४ र मोटर वर्कशप बिहान ११ देखी २ बजेसम्म सञ्चालन