चितवनमा ‘पाँचौ खिचरा महोत्सव–२०७४’ सुरु भएको छ । महोत्सवको भुमी सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले उद्घाटन गरेका थिए। उद्घाटन अघि विविध झाकीसहितको शोभा र्याली निकालिएको थियो । थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी (खिचरा) पर्वको अवसरमा महोत्सव आयोजना गरिएको हो । यसैको अवसरमा केहिवर्षयता प्रत्येक वर्ष खिचरा महोत्सव हुँदै आएको छ । ‘राष्ट्रिय…