कुमारी इक्वीटी फण्डको धितोपत्रमा लगानीको परल मूल्यभन्दा बजारमूल्य कम

चैत १०, काठमाडौं । कुमारी इक्वीटी फण्डले फागुन मसान्तसम्म सूचीकृत तथा सूचीकृत हुन बाँकी धितोपत्रमा गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिशन सहित रू. ७६ करोड ४२ लाख ८९ हजार छ ।  धितोपत्रलाई लगानीको प्रमुख क्षेत्र बनाएको यस फण्डको लगानीको परलमूल्य भन्दा बजारमूल्य कम रहेको छ । फागुन मसान्तसम्म फण्डले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. ५६ करोड २८ लाख ४ हजार रहेको छ ।  धितोपत्र बजार घटेसँगै सूचीकृत कम्पनीहरुको मूल्यमा कमी आउँदा यो अवस्था सिर्जन भएको हो । यस अवधिसम्म कुमारी इक्वीटी फण्डले बैंक मुद्दती निक्षेमा रू. १५ करोड लगानी गरेको छ ।  १० करोड इकाई विक्री गरेको १० वर्षे अवधिको यो बन्दमुखी योजनको फागुन मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य रू. १० दशमलव ७७ रहेको छ । माघ मसान्तसम्म यो मूल्य रू. १० दशमलव ९२ रहेको थियो । माघको तुलनामा फागुन महीनामा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्यमा समेत कमी आएको हो । फागुुन मसान्तसम्मको विवरण अनुसार फण्डले रू. ५ करोड ६१ लाख १९ हजार नाफा गरेको छ । माघ महीनामा रू. ७ करोड ९ लाख १० हजार नाफा गरेको फण्डको यो महीना नाफामा पनि कमी आएको हो ।  फण्डले फागुन महीनामा रू. ६ करोड ९५ लाखभन्दा बढी आम्दानी गर्दा रू. १ करोड ३४ लाखभन्दा बढी खर्च गरेको छ । माघ महीनामा रू. ८ करोड २६ लाखभन्दा बढी आम्दानी गरेको फण्डले रू. १ करोड १७ लाखभन्दा बढी खर्च गरेको थियो । यो महीना अघिल्लो महीनाको तुलनामा आम्दानी कम र खर्च बढी भएकाले फण्डको नाफा घटेको हो ।

सम्बन्धित सामग्री

कुमारी इक्वीटी फण्डको नोक्सानी भदौमा बढ्यो

काठमाडौं । कुमारी सामूहिक लगानीकोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड भदौ मसान्तसम्म २ करोड ९५ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । साउन मसान्तसम्मको तुलनामा योजनाको नोक्सानीमा वृद्धि भएको हो । साउन मसान्तसम्म योजना २ करोड १७ लाख रुपैयाँभन्दा बढी मात्र नोक्सानीमा थियो । साउनको तुलनामा योजनाको खर्च बढेको र जम्मा आम्दानीको ऋणात्मक अवस्थामा समेत वृद्धि भएकाले खुद नोक्सानी बढेको हो । साउनमा १ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी ऋणात्मक रहेकोमा भदौमा यो रकम २ करोड ६१ लाखभन्दा बढी ऋणात्मक देखिएको छ । त्यस्तै साउनमा १८ लाख ५३ हजार रुपैयाँ खर्च भएकोमा भदौमा ३३ लाख ७० हजार रुपैयाँ खर्च भएको छ । योजनाको प्रतिइकाई खुद मूल्यमा समेत कमी आएको छ । साउन मसान्तसम्म १० रुपैयाँ ८१ पैसा रहेको प्रतिइकाई खुद मूल्य भदौ मसान्तसम्म ९ रुपैयाँ ७३ पैसा कायम भएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो । धितोपत्र बजारमा लगानी गरी नाफा कमाउने उद्देश्यसहित सञ्चालित यस योजनाले भदौ मसान्तसम्म धितोपत्र र बैंक मुद्दती निक्षेपमा गरेको लगानीको परल मूल्य कमिसनसहित १ अर्ब १२ करोड १८ लाख रुपैयाँभन्दा बढी छ । करोड रुपैयाँ बैंक मुद्दती निक्षेपमा लगानी गरेको योजनाको कुल लगानीको मूल्य ८९ करोड २१ लाख ४९ हजार रुपैयाँ मात्र छ । योजनाले गरेको लगानीको लागत मूल्यभन्दा बजार मूल्य कम रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

कुमारी इक्वीटी फण्ड फागुनमा १ करोडभन्दा बढी नोक्सानीमा

काठमाडौं । कुमारी इक्वीटी फण्ड फागुन महिनामा रू. १ करोड ४ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । माघ मसान्तसम्म रू. ४ करोड ९५ लाखभन्दा बढी नाफामा रहेको कम्पनी फागुन महीनामा भने खर्च बढेका कारण नोक्सानीमा गएको हो ।  फागुनमा योजनाले रू. २२ लाख ५९ लाखभन्दा बढी आम्दानी गरेको योजनाले रू. १ करोड २७ लाखभन्दा बढी खर्च गरेको छ । माघ महिनामा भने योजनाले रू. ६ करोड ७ लाखभन्दा बढी आम्दानी गरेकोमा रू. १ करोड ११ लाखभन्दा बढी खर्च गरेको थियो । फागुन मसान्तसम्म योजनाले धितोपत्रमा कमिसन सहित रू. ९८ करोड ९१ लाखभन्दा बढी लगानी गरेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. ७७ करोड ११ लाखभन्दा बढी मात्र रहेको छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू. ७ करोड लगानी गरेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७७ सालदेखि सञ्चालनमा रहेको छ । फागुन मसान्तसम्म योजनको प्रतिइकाई खुद मूल्य रू. १० दशमलव २३ छ । यो मूल्य माघ मसान्तसम्म रू. १० दशमलव ८३ रहेको थियो । यस योजना सञ्चालनका लागि १० करोड इकाई जारी गरिएको थियो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।