प्राकृतिक विपत्तिको असर : बीपी राजमार्गको यात्रा कष्टकर
असोजको दोस्रो साता आएको बाढी पहिरोका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेंसीदेखि नेपालथोकसम्मको सडक बगाएको छ । बाढीले सडक बगाएपछि रोशी खोलाको किनारमा डाइभर्सन बनाएर राजमार्गको क्षतिग्रस्त भागको छेउछेउबाट सवारी आवागमन चलाइएको छ ।