काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको बताएका छन्। आज चितवनमा आयोजित एक कार्यक्रममा उनले औपचारिकरुपमा गठबन्धनको कुरा कुनै पार्टीसँग नचलाएको बताएका हुन्।
‘अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन। यस खालका कुराकानीहरु कुनै दलसँग पनि…