बैतडी : बैतडीका ७८ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइने भएको छ। जिल्लाका १० वटै स्थानीय तहका बालबालिका गरि ७८ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको हो।स्वास्थ्य कार्यालयका अनुसार अभियानकै रुपमा टाइफाइड खोप लगाइने भएको छ। अभियान यही चैत्र २५ गते शुरु भएर आगामी वैशाख ८ गते सकिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चाैडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिक