दुर्गम गाउँ ठाउँसम्मै मतदाता शिक्षा कार्यक्रम पुर्याउने तयारी

काठमाण्डाै - मतदाता शिक्षा कार्यक्रमलाई दुर्गम गाउँ ठाउँसम्म पुर्याउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदाता शिक्षा कार्यक्रम सुगम र सहर केन्द्रित मात्रै भएको भन्ने गुनासो भइरहेकाे बेला आयोगले सबै ठाउँमा मतदाता शिक्षा कार्यक्रम पुर्याउने काम भइरहेकाे जनाएको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रेडियो, टेलिभिजन र अनलाइनको माध्यमबाट मतदाता शिक्षा सम्बन्धी प्रचारप्रसारको काम भइरहेको बताउनुभयो । आयोग आफैँले पनि सामाजिक सञ्जालमार्फत् मतदाता शिक्षा सम्बन्धी चेतनामूलक सामग्री सम्प्रेषण गरिरहेको छ । यस्तै, ७७ वटै जिल्ला...