काठमाण्डाै – चीन सरकारले झण्डै तीन वर्षदेखि हिरासतमा राखेका दुई क्यानेडियन नागरिकलाई रिहा गरेको छ । चिनियाँ कम्पनी हुवावे टेक्नोलीजीका आर्थिक मामिला प्रमुख मेङ वाङझोउलाई क्यानडामा पक्राउ गरेलगत्तै चीनले क्यानडाका दुई नागरिकलाई बेइजिङमा पक्राउ गरेको थियो ।
हुवावेकी प्रमुख रिहा भएलगत्तै उनीहरु पनि रिहा भएका हुन् । सन् २०१८ को डिसेम्बरदेखि चीनको नियन्त्रणमा रहेका क्यानेडियन नागरिकद्वय माइकल कोभ्रिग र माइकल स्पाभोर आज क्यानडा पुग्ने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ती दुई...