टिभी टुडे टेलिभिजनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको किरिया खर्च र छोराको अध्ययनका लागि आवश्यक खर्च सहयोग गर्ने भएको छ । सो टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पु¥याइएपछि उपचारकै क्रममा बिहीबार बिहान ३ः०० बजे निधन भएको थियो ।
श्रमजीवी–पत्रकार सङ्घ नेपालको आग्रहपछि टेलिभिजन व्यवस्थापनले स्वर्गीय विश्वकर्माको किरिया खर्चवापत तत्काल रु २१ हजार उपलब्ध गराउने भएको छ । बाँकी बच्चाको पढाइ खर्च स्वर्गीय पत्रकारको जीवनसँगिनीको खातामा जम्म...