प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने नेपाल बारको निर्णय

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ता नगर्ने जनाएकाे छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरासँग सम्वाद गर्नुको कुनै औचित्य नरहेको जानकारी दिनुहुँदै साे कुरा बताउनुभएकाे हाे । प्रधानन्यायाधीश जबराले आन्दोलित कानुन व्यवसायीहरुलाई सम्वादका लागि आह्वान गर्नुभएको थियो । सर्वोच्च अदालत परिसरमा बारको नेतृत्वमा कानुन व्यवसायी धर्नामा बसिरहेकाे बेला जबराले विज्ञप्ति मार्फत सम्वादमा आउन आह्वान गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

नेपाल बारको आन्दोलन तत्काललाई स्थगित

काठमाडौं । न्यायपरिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिबीच वार्ता भएको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संयोजकत्वमा रहेको समन्वय समितिसँगको वार्तामा नेपाल बारका तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनाल सहभागी भएका थिए । वार्तापछि निकासका लागि पाँच सदस्यीय कार्यदल गठन भएको छ । सर्वोच्च […]

प्रधानन्यायाधीशसँग वार्ता नगर्ने नेपाल बारको अडान

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेका वार्ता आह्वानलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको छ । दुई सातादेखि जबराको राजीनामा मागेर बार र सर्वोच्चका १९ जना न्यायाधीश आन्दोलनमा छन् । वार्ता र संवादबाट समाधान खोज्न सोमबार प्रधान्यायाधीश जबराले विज्ञप्तिमार्फत आव्हान गरेका थिए । तर, प्रधानन्यायाधीशको आह्वानलाई अस्वीकार गर्दै बारले जबरासँग वार्ता नगर्ने अडान लिएको छ […]