प्रधानन्यायाधीश राणालाई नेपाल बारको जवाफ : तपाईंसँग वार्ता हुँदैन, आजै राजीनामा दिनुस्

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग अब संवाद गर्नुको औचित्य नहुने जवाफ दिएको छ । सोमबार प्रधानन्यायाधीश राणाले कानुन व्यवसायीहरुलाई सम्वादमार्फत समाधान खोज्न विज्ञप्ति जारी गरेका थिए । बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्नामा बसिरहेका बेला राणाको विज्ञप्ति आएपछि कानुन व्यवसायीहरुले राणाको प्रस्तावमा विश्वास गर्न नसकिने बताएका हुन् ।‘प्रधानन्यायाधीशज्यू, तपाईंको विज्ञप्ति हामीले पढ्यौँ, त्यसको जवाफ यही मञ्चबाट दिन्छौ –तपाईंसँग वार्ता गरे