काठमाडौं : कानुन व्यवसायीहरूको संगठन नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग वार्ता गर्न अस्वीकार गरेको छ।प्रधानन्यायाधीश राणाले बारसामु वार्ताको प्रस्ताव आज पठाएका थिए। बारले उनीसँग वार्ता नगर्ने जनाउँदै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ।प्रधानन्यायाधीश राणाले आज (शुक्रबार) नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई वार्तामा बस्न पत्रमार्फत आग्रह गरेका थिए।नेपाल बारको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा दिनुपर्ने अडान नछ