काठमाण्डौ - ट्राफिक प्रहरीले गाडीमा लेखिएका अश्लील, अपाच्य सायरी र गजललगायत सामग्री हटाउन थालेकाे छ ।
प्रहरीले गाडीमा लेखिएका अश्लील, अपाच्य, गाली, कानुन विपरीत तथा समाजमा विकृती ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ लेखहरूलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेकाे हाे ।
गाडीमा लेखिएका त्यस्ता सामग्रीहरुले चालकको ध्यान माेडिइ दुर्घटना निम्त्याएको पाइएपछि अभियान नै ल्याइएकाे काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
...