काठमाण्डौ – अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरुकाे लागि नयाँ नियम लागू गर्ने प्रस्ताव ल्याएको छ ।
विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्दै एक्लै विदेश भ्रमणमा हिँडेका ४० वर्ष मुनिका महिलाका लागि परिवारको सहमति र वडाको सिफारिस अनिवार्य गर्ने गरी प्रस्ताव गृह मन्त्रालयमा पठाएको विभागका सूचना अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।
भिजिट भिसामा विदेश जाने र गन्तव्य देशमा पुगेपछि अलपत्र पर्ने, मानव बेचबिखन र तस्करीजस्ता घट्ना भएपछि त्यसको छानबिन गर्न बनेको...