नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको विरोध गरेको बताएका छन् । बुधबार नेकपा एमाले मधेश प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको विरोध एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर नभइ देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले विरोध गरिएको बताएका हुन् ।