काठमाडौं : ओपनर मेहेदी हसन मिराज र नाज्मुल हसन शान्टोको शतकमा बंगलादेशले एसिया कपमा अफगानिस्तानलाई ८९ रनको फराकिलो अन्तरले पराजित गरेको छ। जितको लागि ३ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ४४ दशमल ३ ओभरमा २ सय ४५ रनमा अल आउट भयो। अफगानिस्तानका युवा ओपनर इब्राहिम जद्रानले ७४ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए।कप्तान हश्मातुल्लाह शाहिदीले ६० बलमा ६ चौकासहित ५१, रहमात शाह ३३, रहमानउल्लाह गुरबाज १, नाजिबुल्लाह जद्रान १७, मोहम्मद नाबी ३, गुलबदीन नाइब १५ रन