महाधिवेशन प्रतिनिधिको प्रश्न : हेटौंडाको उत्पादन ब्रिगेड कता हरायो ?

नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले हेटौंडा महाधिवेशनले पारित गरेको उत्पादन ब्रिगेड कता हरायो ? भनेर नेतृत्वसमक्ष प्रश्न गरेका छन् । बिहीबारको बन्दसत्रमा गण्डकी प्रदेशका तर्फबाट नेता देवेन्द्र पौडेलले निश्कर्ष पेश गर्दै प्रतिनिधिहरुले उठाएका विषयबारे प्रस्तुति दिएका थिए । त्यसक्रममा उनले ‘हेटौडा महाधिवेशनको उत्पादन ब्रिगेड कता हरायो ? समीक्षा गरौँ’ भनेर प्रश्न गरिएको बताए ।  त्यस्तै राजनीति सेवा हो कि व्यवसाय ? प्रस्ट पार्नुपर्ने, पार्टीमा परिवार केन्द्रीत र गु