प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का प्रदेश संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले सरकार विस्तारको तयारीमा जुटेको छ ।
मुख्यमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुलाई पनि सपथ गराउने तयारीमा गठबन्धन दलहरु जुटेका हुन् ।
मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको तर्फबाट १/१ जना गरी ५ सदस्यीय मन्त्रिपरिषद गठन तयारी रहेको प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार राईले बताए ।
मन्त्रीहरूमा कांग्रेसबाट उप नेता हिमाल कार्की र प्रमुख सचेतक क...