काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अल्पमतमा परेको छ। नेकपा माओवादी केन्द्रले आजैका मितिदेखि लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो। प्रतिनिधिसभामा माओवादी केन्द्रका ४९ जना सांसद छन। प्रधानमन्त्री ओलीले २७ गते संसदमा विश्वासको मत लिँदैछन्।