आगामी आर्थिक वर्षको बजेट (२०७८/७९) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्रालयले बजेटको मस्यौदा मात्र तयार गर्न बाँकी रहेको जनाएको छ । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार अर्थमन्त्रालयले लेखन प्रक्रियालाई तिब्रता दिएको हो । बजेट लेखनमा अर्थ मन्त्रालयका पाँच जना सहसचिवको समुह सक्रिय छ । बजेट पूर्व ल्याइने सरकारको नीति तथा कार्यक्रम पनि अर्थले बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाएको अर्थस्रोतले बताएको छ । स्रोत भन्छ, ‘कहाँ कति बजेट पार्ने भन