इम्बोस्ड नम्बरप्लेटकाे नाममा जनतालाई नधम्क्याउन गगनकाे चेतावनी

काठमाडौं । सवारी साधानमा इम्बोस्ड नम्बरकाे नाममा जनतालाई नधम्क्याउन सरकारलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चेतावनी दिनुभएकाे छ । आज सोमबार प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखसँग समग लिएर बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनर्विचार गर्न सरकारसँग उहाँले मागसमेत गर्नुभएको हाे। यातायात मन्त्रालयले साउन १ भित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान […]

सम्बन्धित सामग्री

क्षमता नै नभएको काममा सरकारको किन उच्च चासो ?

सूचना प्रविधिको प्रयोगबाट आम जनतालाई सुविधा दिने नाममा सरकारले आफ्नो क्षमता नै नभएको क्षेत्रमा हातहाल्दा जनताले सास्ती मात्रै पाइरहेका छन् । राष्टिय परिचयपत्रको तथ्यांक संकलन भएको छ, पत्र पाउने कहिले ? सवारी चालक अनुमतिपत्र स्मार्ट बनाइयो तर अनुमतिपत्र पाउन वर्षौ कुनुपर्छ ? अहिले सवारी साधनमा जडान हुने नम्बरलाई डिजिटल गर्ने भन्दै इम्बोस्ड नम्बर प्लेट जडानको …

‘महँगो इम्बोस्ड नम्बर प्लेट चाहिँदैन’ भन्दै प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्नका लागि सरकारले अव्यवहारिक रवैया देखाएको भन्दै नेकपा एमाले निकट युवा संघले विरोध प्रदर्शन गरेको छ। काठमाडौँको नयाँ बानेश्वरमा मंगलबार दिउँसो युवा संघले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले सरकारले जनतालाई इम्बोस्ड नम्बर प्लेटका लागि एक महिने अल्टिमेटम दिएको भन्दै आक्रोश व्यक्त गरे। इम्बोस्ड नम्बर प्लेटका नाममा सरकारले सर्वसाधारणबाट चर्को […]

इम्बोस्ड नम्बर प्लेट जडानको नाममा जनतालाई तर्साउने काम बन्द होस्: गगन थापा

काठमाडौं।नेपाली कांग्रेसका सांसद गगन थापाले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भन्दै तत्काल यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सांसद थापाले सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने बताए। उनले सस्तो,सुविधाजनक ढंगले काम हुनुपर्ने भन्दै नागरिक तर्साउने काम बन्द गर्न चेतावनी समेत दिए।