आफ्नो नियमनको दायरामा रहेका सहकारी संस्थाले समयमै विवरण नबुझाएपछि काठमाडौं महानगरपालिका सहकारी विभागले कारबाहीको चेतावनी दिएको छ । विभागले सूचना प्रकाशित गरी समयमै साधारणभा नगर्ने र प्रतिवेदन नबुझाउने सहकारीलाई कारवाहीको चेतावनी दिएको हो ।
अधिकांश सहकारीले समयमै वार्षिक साधारणसभा गरेर विवरण नबुझाएकाले सूचनामार्फत सचेत गराइएको र अटेर गर्ने संस्थालाई कारबाही गर्ने तयारी भइरहेको महानगरपालिकाको सहकारी विभागका प्रमुख नवराज ढकालले बताए ।