काठमाण्डाै – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र सहरीकरण डरलाग्दो रूपमा बढिरहेको बताउनुभएको छ । आज मङ्गलवार मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री झाँक्रीले भन्नुभयो, ‘अहिले हाम्रा लागि बसाइँसराइ र शहरीकरण डरलाग्दो विषय हो । तर यो अवसर पनि हो । अवसरलाई हामीले कसरी सदुपयोग गर्दछौँ भन्ने कुरा पनि आवश्यक छ । २०७८ को तथ्याङ्क हेर्दा पहाडबाट बसाइँसराइ हुने र तराईबाट पनि काठम...