जाडो मौसममा शरीरलाई तातो बनाउन यसो गर्नुहोस्

चिसो मौसम सुरु हुनै लागेको छ । दिउसोको समयमा गर्मी भएता पनि बिहान र बेलुकाको समयमा जाडो हुन्छ । चिसो मौसम सुरु भएसँगै मानिसहरुको जीवनशैली पूर्ण रुपमा परिवर्तन हुने गर्दछ ।

सम्बन्धित सामग्री

घाम पर्यटनको सम्भावना: अफसिजनका लागि बन्न सक्छ विकल्प

नेपालमा घाम ताप्नुलाई दैनिक जीवनको अंग मानिन्छ । मानिसको शरीरलाई घाम आवश्यक पनि छ । तर, यही घाम ताप्न चाहने व्यक्तिहरूलाई सेवा दिने घाम पर्यटन अहिले चलनचल्तीमा आउन थालेको छ । समुद्रीकिनारमा बालुवामा पल्टँदै घामको सेवन गर्ने पर्यटन समुद्री मुलुकमा प्रचलनमा रहेको धेरै लामो समयदेखि नै हो । तर, अहिले हिमाली वा पर्वतीय क्षेत्रमा पनि घाम ताप्ने वा सेवन गर्ने पर्यटन बढ्न थालेको छ । गर्मी याममा तराई वा गर्मी प्रदेशका बासिन्दा पहाडी क्षेत्र अर्थात् हिलस्टेशनमा आउने पर्यटन पनि राम्रो सम्भावना बोकेको क्षेत्र हो, नेपालका लागि । तर, अहिले यी हिलस्टेशन नै पनि घाम पर्यटनका लागि उपयुक्त थलो बन्न थालेको पाइन्छ ।  घाम पर्यटन भन्नेबित्तिकै सूर्य, बालुवा र समुद्र (सन, स्यान्ड र सी) भन्ने सामान्य बुझाइ छ । यो क्षेत्रले यूरोपेली पर्यटनमा ६० प्रतिशत अंश ओगटेको छ । अमेरिकामा ४३ प्रतिशत र चीनमा ६८ प्रतिशत रहेको छ । यसका लागि यूरोपेली पर्यटकमध्ये धेरैको रोजाइमा अहिले थाइल्यान्ड पर्न थालेको छ । तर, पहाडी भूभागमा जाडोका दिनमा न्यानो घाम ताप्न रुचाउने पर्यटन पनि शुरू भएको छ । खासगरी भारतमा अहिले हिमाचललगायत हिलस्टेशनमा यस्तो पर्यटन बढ्न थालेको छ ।  नेपाल पनि यस्तो पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ । घामको किरणको बीचमा अग्ला चुचुरा अवलोकन गर्नुको छुट्टै आनन्द छ । त्यसैले घाम पर्यटन पर्यटन उद्योगमा लोकप्रिय प्रवृत्ति बन्दै गएको छ । सुन्दर परिदृश्य, प्रशस्त घामसहितको शान्त वातावरणमा रमाइलो गर्न राम्रो मौसम खोज्ने पर्यटकमाझ यो प्रचलन बढ्दो छ । र, नेपालमा यसको सम्भावना बढ्दो छ ।  घाम पर्यटनले हिमालका चुचुराहरूको अचम्मको सौन्दर्य पान गर्ने अवसर मात्र दिँदैन, घामको स्पर्श पाउने अचम्मको आनन्द पनि दिन सक्छ । घाम पर्यटनका कारण पर्यटक बढ्नुको फाइदा छ । नेपालको पर्यटनमा यसले विविधीकरण गर्न र अफसिजनमा पर्यटक बढाउन पनि मद्दत गर्छ । यसले स्थानीय बासिन्दाको आयस्रोत पनि बढाउँछ । त्यसैले सूर्य पर्यटनको बढ्दो लोकप्रियतासँगै यसले पर्यटकीय सिजनलाई विस्तार गर्न मद्दत गर्छ, जसले स्थानीयहरूलाई मद्दत गर्छ । सूर्यको उत्साहजनक न्यानोसँग मिलेर प्राकृतिक दृश्यहरूको मिश्रण खोज्ने पहाड हेर्न चाहने पर्यटकबीच सूर्य पर्यटन बढ्दो रूपमा लोकप्रिय हुँदै गएको छ । यसले हिमाल प्रेमीहरूलाई बाहिरी गतिविधिहरूको आनन्द लिन मात्र नभई पहाडहरूको घामले चुम्बन गरेको आभासलाई अँगाल्न अनुमति दिन्छ । पर्याप्त घामको आरामदायी अँगालोमा बेरिएर तिनीहरू चुचुरा, शान्त उपत्यका र रमणीय वनहरूको प्राकृतिक सौन्दर्यमा रमाउन सक्छन् । नेपालको मौसम तातो वा चिसो दुवै खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्ने खालको छ । अमेरिका, क्यानडा, आइसल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क, फिनल्यान्ड आदि मुलुकमा यो बेला निकै चिसो हुन्छ । यसर्थ, त्यहाँका पर्यटकलाई घाम ताप्नका लागि नेपाल ल्याउने पर्यटन प्याकेज बनाउन सकिन्छ । घमाइलो मौसम भएका पहाडहरूमा पर्यटक ल्याएर घाम पर्यटन गराउन सकिन्छ । परम्परागत रूपमा स्कीइङ, स्नोबोर्डिङ र ट्रेकिङजस्ता गतिविधिसँग यसलाई जोड्न पनि सकिन्छ । यसले पर्यटन सिजन विस्तार गरेर, पहिले जाडो गतिविधिहरूमा धेरै निर्भर हुने व्यवसाय, आवास र सेवा प्रदायकहरूका लागि आम्दानी प्रदान गरेर स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ ।  घाम पर्यटनले प्राकृतिक स्रोतहरूको दीर्घकालीन संरक्षणको ग्यारेन्टी गर्दै संरक्षण प्रयास, पर्यावरण–मैत्री पूर्वाधार र जिम्मेवार पर्यटन अभ्यासजस्ता दिगो अभ्यासहरूलाई बढावा दिन्छ । यसले पहाडी क्षेत्रहरूमा पूर्वाधार विकासलाई अगाडि बढाउँछ, जसले यातायात, पहुँच र सुविधाहरूमा सुधार गर्छ । यसले पर्यटकीय अनुभवमा वृद्धि मात्र गर्दैन, रोजगारीका अवसरहरू सृजना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई पनि बढावा दिन्छ । पछिल्लो समय यस्ता पर्यटकको संख्या बढेको छ । आफ्नो मुलुक छोडेर अन्य मुलुकमा घुम्न निस्कने पर्यटकमध्ये केही प्रतिशत घाम ताप्नकै लागि निस्कने गरेको पाइन्छ । समुद्रको किनारमा घण्टौंसम्म घाम तापेर बस्ने गरेका विदेशीहरू हामीले देख्ने गरेका छौं । विदेशीहरू घामलाई बढी नै मान्यता दिने भएकाले उनीहरू परिवारसहित घुम्न निस्कन्छन् । नेपालमा छत, आँगन, चउर आदिमा घाम ताप्न मजाले पाइन्छ । त्यसो हुँदा यस्तो पनि पर्यटन हुन सक्छ र भन्ने कुरा आउन सक्छ । तर, नेपालकै तराई क्षेत्रका बासिन्दा घामका लागि पहाड जानुपर्ने अवस्था विगत केही वर्षदेखि देखिँदै आएको छ । तराईमा हुस्सु र शीतलहर चल्न थालेपछि घाम ताप्नकै लागि नजिकको पहाडमा जाने प्रवृत्ति बढ्दो छ । यसलाई आन्तरिक पर्यटनका लागि अवसरका रूपमा प्रयोग गर्न सकिन्छ ।  हिउँदको घाम त्यसै पनि न्यानो र प्यारो हुन्छ । कात्तिकदेखि फागुनसम्म धुम्म चिसोले कठ्याङ्ग्रिने उच्च पहाडमा त हिउँदे घाम मीठो हुने नै भयो । हिउँदका बेला तराईमा पनि हुस्सु र शीतलहरले थर्थरी कमाउँछ । यस्तो बेला घाम बेचेरै व्यवसाय चलाउन सकिन्छ । भेडेटार तराईका लागि गर्मी छल्ने ठाउँमात्र होइन, पारिलो घाम ताप्नका लागि पनि उत्तिकै प्यारो बनेको देखिन्छ ।  घाम पर्यटन घाम ताप्नमा मात्र सीमित हुँदैन । सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य हेर्नु पनि घाम पर्यटनकै अंग मानिन्छ । नेपालमा सूर्योदयकै दृश्य हेर्नका लागि अन्तु डाँडा होस् वा नगरकोट वा साराङकोट आन्तरिक र बाह्य पर्यटकको घुइँचो लागिरहेकै हुन्छ ।  घाम पर्यटन घाम ताप्नमा मात्र सीमित हुँदैन । सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य हेर्नु पनि घाम पर्यटनकै अंग मानिन्छ । नेपालमा सूर्योदयकै दृश्य हेर्नका लागि अन्तु डाँडामा होस् वा नगरकोट वा साराङकोट आन्तरिक र बाह्य पर्यटकको घुइँचो लागिरहेकै हुन्छ । त्यतिमात्र होइन, कतिपय रिसोर्टहरू घमाइलो स्थानमा खोलिएका छन् जसको सम्बन्ध घाम पर्यटनसँग नै देखिन्छ । पहाडको थुम्काहरूमा रिसोर्ट खोल्नुको एउटा प्रयोजन घाम पर्यटन नै हो । तर, यसलाई सीधै घाम पर्यटन भन्ने गरिएको छैन । यही नामबाट पर्यटन प्रवर्द्धन गर्ने हो भने यसमा नयाँ प्याकेज बन्न सक्ने देखिन्छ ।  नेपाल बाह्रै महीना घुम्न मिल्ने गन्तव्य बनाउन सकिन्छ । नेपालमा जाडोमा घाम ताप्ने पर्यटक धेरै ल्याउन सकिन्छ । यो बेला चिसो हुने मुलुकका नागरिकलाई नेपालमा भित्त्याउन सकिन्छ । नेपालको मौसम तातो वा चिसो दुवै खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्ने खालको छ । अमेरिका, क्यानाडा, आइसल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क, फिनल्यान्ड आदि मुलुकमा यो बेला निकै चिसो हुन्छ । यसर्थ, त्यहाँका पर्यटकलाई घाम ताप्नका लागि नेपाल ल्याउने पर्यटन प्याकेज बनाउन सकिन्छ । जाडो याम नेपालका लागि पर्यटनको अफ सिजन हो । यस्तो अफ सिजनमा छूटका प्याकेज ल्याउन सकिन्छ । यसमा नेपाल पर्यटन बोर्डले प्रवर्द्धनात्मक कार्यक्रम ल्याउन आवश्यक छ । त्यस्तै निजीक्षेत्रले पनि यस्ता प्याकेज बनाएर प्रचार गर्नु जरुरी छ । अहिले पनि घाम पर्यटन नभएको होइन तर त्यसलाई ब्रान्डिङ गरेर बजारीकरण भने भएको छैन । यस्तो नयाँ प्रडक्टप्रति धनाढ्य पर्यटक आकर्षित हुन सक्छन् । त्यसमा घाम ताप्नुमात्र नभई आयुर्वेदिक मसाज र उपचार आदि पनि जोड्न सके अझ बढी प्रभावकारी हुन्छ । घाममा बस्नु शरीरका लागि आरामदायी मात्र होइन, स्वास्थ्यलाभका लागि पनि जरुरी छ ।  हिलस्टेशनलाई गर्मी छल्ने ठाउँका रूपमा मात्र प्रचार गर्ने गरिएको छ । त्यसो हुँदा जाडोमा यिनले कम व्यवसाय पाउँछन् । घाम पर्यटनको प्रचार गर्ने हो भने यिनले जाडो महीनामा पनि राम्रो व्यवसाय गर्न सक्छन् । यही जाडो महीनामा इलाममा प्रशस्त भारतीय पर्यटक देखिए तर भेडेटारमा भने खासै चहलपहल देखिएन । कारण भेडेटारले घामको प्रचार गरेको छैन । त्यसैले भारत र अन्य मुुलुकमा समेत घाम पर्यटनको प्रचारप्रसार जरुरी देखिएको छ । अहिलेसम्म घाम ताप्न नेपाल उत्कृष्ट छ भन्ने सन्देश प्रवाह गरिएको छैन ।  पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को पहिलो महीना जनवरीमा ७९ हजार १ सय पर्यटक नेपाल आएको देखिन्छ । यो संख्या अघिल्लो वर्ष जनवरीको तुलनामा २४ हजार बढी हो । बोर्डको तथ्यांकअनुसार सबभन्दा धेरै भारतबाट २४ हजार १ सय ३९ पर्यटक यो समय नेपाल आएका छन् । यो समय घाम पर्यटनको हो । आएका पर्यटक घाम ताप्नकै लागि वा घमाइलो वातावरणमा विभिन्न पर्यटकीय गतिविधि गर्नकै लागि आएका हुन् वा होइनन् भन्ने तथ्यांक पाइँदैन । त्यसैले नेपालले घाम पर्यटनलाई ब्रान्डिङ गर्न ढिला भइसकेको छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

चिसोमा मुटु र रक्तनली सम्बन्धी समस्याबाट कसरी बच्ने?

काठमाडौँ : गर्मीभन्दा जाडो मौसममा स्वास्थ्यमा धेरै खालका समस्या देखिन्छन्। यो मौसममा मुख्यतया निमोनिया र दम जस्ता फोक्सोसम्बन्धी समस्या देखिन्छन्।चिसो मौसममा धेरै देखिने अर्को समस्या मुटुसम्बन्धी हो। चिसोले मुटु शिथिल बनाउँछ। चिसो मौसममा शरीरलाई तातो बनाउन तथा रक्तसञ्चार गर्न मुटुले बढी काम गर्नुपर्छ। यसबाट मुटुलाई बढी भार पर्ने भएकाले यो मौसममा मुटु तथा मुटुजन्य समस्या भएकालाई अप्ठ्यारो पार्छ। अत्यधिक चिसोले स्वस्थ व्यक्तिमा पनि हृदयघात तथा मस्तिष्कघात हुने जोखिम बढाउँछ

बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरैलाई फाईदा हुन्छ - NepaliPatra

एजेन्सी । जाडो होस या गर्मी बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरैलाई फाईदा हुन्छ। अनुहारको छाला राम्रो बनाउन, शरीरको तौल घटाउने भनेर कागती पानी पिउने गरिन्छ ।   अन्य फाइदाहरु   खाली पेटमा आधा कागतीको रस र १ चिया चम्चा मह हल्का तातो पानीमा मिलाए पिउँदा तपाई स्वस्थ्य र निरोगी हुनुहुन्छ । कागती, […]

चिसोमा हिटर तथा गिजर चलाउँदा सावधानी अपनाऔं, गल्ती गरे जान सक्छ ज्यान

पुस १४, काठमाडौं । मुलुकभर केहिदिनदेखि चिसो अत्यधिक रुपमा बढेको छ। अझ काठमाडौं उपत्यका आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात परेको छ । यो समयमा अत्यधिक चिसो हुनु स्वभावि पनि हो । चिसोको समयमा  ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढ्ने गर्दछ ।  जाडो मौसममा पानी तताउन तथा कोठा तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ। ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि  यसको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन  आग्रह गरेको छ। केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिने मन्त्रालयको भनाइ छ। मन्त्रालयले जारी गरेको अपिलमा हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न भनिएको छ ।  सकेसम्म कोइलाजन्य स्रोतबाट सकेसम्म आगो ताप्नु हुँदैन ।त्यसैगरी आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री पनि नजिक राख्नु हुँदैन ।आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गर्नुपर्छ,  । रातको समयमा अनिवार्य रुपमा हिटर निभाएर सुत्नुपर्छ । बाथरुपमा नुहाउने क्रममा गिजरको प्रयोग गर्दा विशेष ध्यान दिन आवश्यक छ ।

जाडोमा हीटर र गिजरले निम्त्याउन सक्छन् कहालीलाग्दो जोखिम, के छन् जोगिने उपाय ?

गत साता सोमवार काठमाण्डूको बागबजारस्थित काठमाण्डू मोडेल कलेज (केएमसी) को छात्रावासमा एक विद्यार्थीको मृत्यु भयो। नुहाउने क्रममा बेहोस भएका उनलाई अस्पताल लग्दालग्दै मृत्यु भएको कलेजका प्रधानाध्यापक डा. नवीन्द्र बहादुर अर्यालले जानकारी दिए। उनले दिएको जानकारी अनुसार मृतक कक्षा १२ मा अध्ययनरत थिए।घटनालगत्तै कलेजका अन्य विद्यार्थी आन्दोलनमा ओर्लिए। उनीहरूले कलेजको होस्टलमा उचित भेन्टिलेशन नभएका कारण निसासिएर आफ्ना साथीको ज्यान गएको दाबी गरेका छन्। कलेज व्यवस्थापनले लापरबाही गरेको आरोप उनीहरूले लगाएका छन्।प्रधानाध्यापक अर्यालले  भने,”घटनाबारे अझै पनि अनुसन्धान भइरहेको छ। कस्ता कमजोरी भए र अबदेखि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ।”चिसो छल्न प्रयोग गरिने विद्युतीय वा ग्यास हीटर तथा गिजरका कारण भएको भनिएको यो पहिलो घटना भने होइन। जाडो महिनामा त्यस्ता उपकरणको प्रयोगपछि दुर्घटनामा परी अस्पताल भर्ना हुने र मृत्यु हुनेको सङ्ख्या उल्लेख्य मात्रामा हुने चिकित्सकहरू बताउँछन्।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पल्मोनोलजी एवं क्रिटिकल केअर मेडिसिन विभागका डा. नीरज बम भन्छन्,”मृत्युका घटना बाहिर आउँछन् तर घाइते हुनेहरूबारे कसैलाई थाहा हुँदैन। यस वर्ष जाडो लागेपछि थुप्रै बिरामी नुहाउँदानुहाउँदै वा आगो ताप्दाताप्दै निसासिएको, बेहोस भएको भन्दै ल्याइएका छन्। उनीहरू ठिक भएर घर फर्किन्छन्।”के कारण निसासिन्छन् मानिस?ग्यासबाट चल्ने हीटर र गिजर चलाउँदा वा कोठाभित्र आगो बाल्दा त्यसबाट कार्बन मोनोक्साइड निस्किने विज्ञहरू बताउँछन्। जुन कोठा वा नुहाउने कोठामा फैलिन्छ। चिसो मौसममा कोठाको झ्यालढोका बन्द रहने भएकाले बाहिरबाट अक्सिजन भित्र पस्न पाउँदैन र भित्रबाट दूषित कार्बन मोनोक्साइडयुक्त हावा बाहिर जान पाउँदैन।“त्यसरी गुम्सिएको कोठामा फैलिएको कार्बन मोनोक्साइड हामी सासबाट लिन थाल्छौँ। त्यो मानिसको फोक्सोमा पुग्छ र फोक्सोबाट रगतका नलीमा गएर रातो रक्तकोषिकाको हेमोग्लोबिनसँग टाँसिन्छ” डा. बम भन्छन्।सामान्य अवस्थामा फोक्सोबाट आएको अक्सिजनलाई हेमोग्लोबिनले बाँधेर शरीरभरि पुर्‍याउँछ। तर अक्सिजनको साटो कार्बन मोनोक्साइड रक्तनलीमा गएपछि मुटु, मिर्गौला, कलेजो र मस्तिष्कसम्म पनि पुग्छ। “त्यसपछि मानिसमा निसासिने समस्या देखिन थाल्छ,” उनले भने।उनका अनुसार यो अवस्थालाई 'कार्बन मोनोक्साइड पोइजनिङ' भनिन्छ।पल्मनरी एन्ड क्रिटिकल केअरविज्ञ डा. रक्षा पाण्डेले भने कार्बन मोनोक्साइडको रङ्ग र गन्ध नहुने भएकाले झट्ट पहिचान गर्न गाह्रो हुने जानकारी दिइन्। अक्सिजनको तुलनामा कार्बन मोनोक्साइड चाँडो हेमोग्लोबिनमा टाँसिन्छ।कस्ता समस्या देखिन्छन्?कार्बन मोनोक्साइड शरीरका भागहरूमा फैलिएपछि सुरुमा टाउको गह्रुङ्गो हुने र दुख्ने, रिँगटा लाग्ने, आँखा तिरमिर हुने जस्ता समस्या देखिन्छन्। गाह्रो बनाउँदै जाँदा शरीर फतक्क गल्ने, बान्ता आउने, हात काँप्नेजस्ता समस्या आउने डा. बमले बताए।”समस्या भोगिरहेको मानिसलाई आफ्नो स्थितिबारे चेत हुँदैन। उनीहरू बाहिर निस्किन पनि सक्दैनन्। त्यसैले निसासिन्छन् र लामो समय अक्सिजन अभावमा रहँदा ज्यान जान सक्छ,” उनले भने।मुटुले अक्सिजन नपाउने यस अवस्थालाई ‘एरिद्निया’ भनिन्छ। यस अवस्थामा मुटुको गति र ताल असन्तुलित हुने चिकित्सकहरू बताउँछन्।यस्तो दुर्घटना प्रायः गिजर प्रयोग गरी नुहाइरहेको वा हीटर बालेर सुतिरहेको अवस्थामा हुन सक्ने चेतावनी उनले दिए। “सुतेकाहरूको हकमा उनीहरू अर्धचेतनमा हुन्छन्। न रिँगटा लागेको थाहा पाउँछन् न टाउको दुखेको नै। त्यसैले बेहोस हुन्छन् र उठ्न सक्दैनन्।”के हुन् समाधानका उपाय?तातोका लागि ग्यासबाट चल्ने वा विद्युतीय उपकरण प्रयोग गर्दा बाह्य र भित्री वातावरणको हावा आवतजावत हुने ठाउँ बनाउँदा तथा झ्याल वा भेन्टिलेशन खुला राख्दा जोखिम घट्ने डा. बमको कथन छ। उनले कार्बन मोनोक्साइड हावामा हलुका हुने र खुला ठाउँबाट बाहिर निस्किने जानकारी दिए।दुर्घटना भइहालेको अवस्थामा अस्पताल पुर्‍याउनुको विकल्प नभएको उनी बताउँछन्। “कार्बन मोनोक्साइड पोइजनिङ भएकाहरूलाई तीव्र गतिमा प्रवाह हुने अक्सिजन सहायतामा राख्नुपर्छ। परीक्षणपछि बिरामीको शरीरको कहाँ कस्तो असर परेको छ सोहीअनुरूप ‍औषधिउपचार गरिन्छ,” बमले भने।अरू कस्तो जोखिम?केही वर्षअघि पुस महिनाको ७ गते। कलङ्की बस्ने इन्जिनियर दम्पती पुष्करराज जोशी र अप्सरा श्रेष्ठको कोठाबाट धुवाँको मुस्लो निस्कियो। धुवाँसँगै हारगुहारको आवाज सुनेपछि छिमेकीहरू उद्धार गर्न गए।कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुर्‍याउँदासम्म त उनीहरू होसमै थिए। उनीहरूका १४ महिने छोरालाई भने त्यहाँ बच्चाको भेन्टिलेटर नभएकै कारण भक्तपुरस्थित सिद्धि मेमोरियल अस्पताल पुर्‍याइयो।उपचार र ठिक हुने आशाबीच घटना भएको पाँच दिनपछि पुष्करको निधन भयो। त्यसको चार दिनपछि पुस १६ गते अप्सराको पनि मृत्यु घोषणा भएको उनका बुबा प्रेमकुमार श्रेष्ठले जानकारी दिए।उनीहरूका छोरा अहिले चार वर्षका भए। उनी शरीरको विभिन्न भागमा पोलेको घाउ बोकेर हजुरबुबा र हजुरआमासँग हुर्किरहेका छन्।प्रहरीका अनुसार घटना भएको रात कोठामा ग्यास हीटर प्रयोग भएको थियो। त्यही हीटरको ग्यास चुहिएर आगलागी भएको प्रहरीको अनुमान छ।नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरका बर्न वार्ड प्रमुख डा. सुरेन्द्र बस्नेतका अनुसार जाडोमा हुने यस्तै दुर्घटनाका कारण अस्पतालमा जलनका बिरामीको सङ्ख्या ह्वात्तै बढ्छन्। उनका अनुसार वार्षिक करिब ६०० जलनका बिरामी आउँछन्। तीमध्ये २० देखि २५ प्रतिशतको मृत्यु हुन्छ।“जाडोमा न्यानोका लागि हीटर, गिजरको प्रयोग गरिन्छ। गाउँघरतिर आगो बालिन्छ। पानी पनि तातै पिउँछौँ। यी सबैको प्रयोगमा सतर्क नहुँदा दुर्घटना हुन्छ,” बस्नेतले भने।कस्ता हुन्छन् जलनका प्रकार?डा. बस्नेतका अनुसार प्रायः तातो पानी शरीरमा पोखिएर हुने जलनको पीडित बालबालिका छन्। सोही उमेर समूहका बालबालिकाहरूले बलिरहेको हीटर समातेर वा हीटरको रापले उनीहरूको लुगा पगालेर भएका घटनाहरू समेत देखिने उनले बताए।सहरी क्षेत्रमा ग्यास हीटर लीक वा विद्युतीय हीटर शर्ट भएर पनि दुर्घटनाहरू भएको विवरण दिए। उनले भने, ”ग्यास लीक भएको छ कि छैन जाँच नगरी वा तार सही छ कि छैन जानकारी नराखी उपकरण प्रयोग गर्दा आगलागी हुन्छ र जलनमा परेकाहरू उपचारका लागि आउँछन्,” उनले भने।यस्ता दुर्घटनाहरूले शारीरिक जलन मात्र गराउने नभई श्वासप्रश्वास प्रक्रिया र फोक्सोमा समेत असर पुर्‍याउने बताए।त्यस्तै दाउराको आगलागीमा परेकाहरू भने प्रायः ग्रामीण भेगबाट आउने उनको भनाइ छ।आगोका अरू कस्ता दुष्प्रभाव?जाडो छल्न मात्र नभई खाना बनाउन प्रयोग गरिने आगो र त्यसको धुवाँका कारण दीर्घ दम तथा खोकी (सीओपीडी) को समस्या बढिरहेको डा. नीरज बम बताउँछन्। उनी यसलाई उपयुक्त भेन्टिलेशन नहुँदाको परिणाम मान्छन् ।धुवाँमा हुने फरक किसिमका ग्यास, रासायनिक तत्त्वले गर्दा दमसँगै नियमित रुघाखोकी, श्वासनली साँघुरो बनाउने जस्ता समस्या निम्त्याउने बताए। ”दीर्घकालीन रूपमा क्यान्सरको समस्या पनि सिर्जना हुन सक्छ।”यस समस्याको समाधान पनि उचित भेन्टिलेशन नै भएको बताए।न्यानोको विकल्प एअर कन्डिशनर (एसी) ले पनि स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन्। बन्द कोठालाई चिसो बनाएर बस्नेहरूमा फ्लूको समस्या अधिक हुने र तापक्रम बढाएर बस्नेहरूमा छालाको एलर्जी, आँखा र नाक चिलाउने जस्ता समस्या देखिने बताउँछन् डा. बम।“समग्रमा यस्ता उपकरणहरूले हानि नै गर्छन्। प्रयोग गर्नु पर्ने बाध्यताहरू हुन्छन् तर सतर्क भएर चलाउनुपर्छ।”  -बिबिसीबाट

इँटाको विकल्प एएसी ब्लक

काठमाडौं । पछिल्लो समय सहरबजार वा घरगाउँमा घर बनाउँदा इँटा प्रयोग गर्ने क्रम बाक्लिँदो छ ।  तर, इँटा उपलब्ध नहुने दुर्गम गाउँबस्तीमा अझै पनि पक्की घरका लागि ढुंगाको गारो लगाइन्छ । सहरबजार वा आधुनिक बस्तीका  छिमेकको घरमा मात्र भएर जुनसुकै ठाउँमा इँटाको गारोमा अडिएको देख्न सकिन्छ । प्राचीन समयदेखि नै काँचो वा पाकेको इँटाले घर भवन, दरबार र मन्दिर निर्माण गरिएको आधारमा पनि इँटा निर्माणका लागि नभइनहुने वस्तु हो भन्ने प्रमाणित गरेको छ । यद्यपि सहरबजारमा घर बनाउँदा परम्परागत निर्माण सामग्रीको सस्तो, राम्रो र मनपर्दो विकल्प छ भने त्यतातिर ध्यान दिनु उचित हुन्छ । इँटाको हकमा त्यस्तो विकल्प हुन सक्छ, एएसी ब्लक । एएसी अटोक्लेभ्ड एरेटेड कंक्रिट ब्लक हो । यो एक किसिमको इँटा हो । अटोक्लेभ भनिने विशेष खालको मेसिनमा यसलाई पकाइन्छ । एएसीका इँटा मात्र होइन, पार्टेसन गर्ने, भुइँमा ओछ्याउने र छाना लगाउने तयारी बोर्ड पनि उत्पादन हुने गर्छन्  । यसलाई एसीसी वा एएलसी पनि भनिन्छ । सिमेन्ट, बालुवा, चुनाको धुलो र आल्मुनियमको धुलोको मिश्रण गरी निर्माण हुने एएसी ब्लक सुरुमा युरोप र पश्चिमा विश्वमा रुचाइएको पाइन्छ । विश्वव्यापी हुँदै गएको यो निर्माण सामग्री केही वर्षदेखि  नेपालमा पनि उत्पादन सुरु हुन थालेको छ । यसले विस्तारै परम्परागत इँटाको विकल्प वा प्रतिस्पर्धीको रूपमा स्थापित हुने जमर्को गरेको देखिन्छ । एएसी ब्लक उद्योगमध्येको एएसी इँटा उद्योग प्रालिका सञ्चालक महेन्द्र गुरुङका अनुसार नेपालमा अहिले ५ वटा चालू एएसी ब्लक उद्योग छन् भने केही निकट भविष्यमै स्थापना हुने क्रममा छन् ।  उनका अनुसार हाल उत्पादन दिइरहेका उद्योगका अलावा भारतबाट समेत एएसी ब्लक आयात गर्ने गरिएको छ । यसको लोकप्रियता दिनहुँजसो बढिरहेको गुरुङ बताउँछन् । एएसी ब्लकका विभिन्न गुणमध्ये यो परम्परागत इँटाको तुलनामा एक तिहाइ हलुका हुन्छ । हलुका हुनु भनेको निर्माणमा संलग्न जनशक्तिका लागि सहज, छिटोछरितो मात्र नभई भूकम्पीय सुरक्षाको दृष्टिले पनि प्रभावकारी हुन्छ । एएसी ब्लक उत्पादन गर्दा परम्परागत इँटाभट्टामा जसरी दाउरा, कोइला, पराल, आगो, उपयोग गरिँदैन । यसका लागि उपयुक्त आवश्यक ल्याबसहितको व्यवस्थित प्mयाक्ट्री भवन उपयोग गरिन्छ । यसबाट एएसी ब्लक उत्पादन गर्दा इँटाभट्टाको धुवाँले झैं बाहिरी वातावरणमा असर गर्दैन । घरभित्रको वातावरण सन्तुलित राख्न पनि एएसी ब्लक इँटाभन्दा राम्रो मानिएको छ । सिमेन्ट, आल्मुनियमको धुलो, चुनाको धुलो आदिलाई विशेष प्रविधिबाट प्रोसेसिङ गर्दा एएसी ब्लकमा तातो वा जाडोले कम गतिमा असर गर्ने गुण (इन्सुलेसन पावर) को विकास हुन्छ ।  यसबाट घर वा कोठा इँटा र सिमेन्टले जस्तै जाडोमा वास्तविकभन्दा बढी जाडो र गर्मीमा पनि अधिक गर्मी हुने अवस्थालाई न्यून गराउन सहयोग गर्छ । आर्थिक अभियान घर संसारको पछिल्लो परिशिष्टांकमा घरको कोठा प्राकृतिक रूपमै कसरी वातानुकूलित वा न्यानो  बनाउन सकिन्छ र त्यसले खासखास रोगका असरलाई कम गराई पुनः स्वस्थ हुन कसरी मद्दत गर्दछ भन्नेबारे चर्चा गरिएको प्रसंग यहाँ स्मरणीय छ । घर निर्माण गर्दा प्रयोग भएको निर्माण सामग्रीले स्वास्थ्यमा थोरै भए पनि सकारात्मक प्रभाव पार्छ भने त्यो लामो समयका लागि महत्वपूर्ण हुन सक्छ । एएसी ब्लकका माथि उल्लिखित विभिन्न विशेषताका अलावा धेरै चासोको विषय यसबाट घर निर्माण गर्दा लाग्ने लागत र समयको बचत पनि हो ।  व्यवसायी महेन्द्र गुरुङका अनुसार एएसी ब्लकका नेपालमा उत्पादन हुने तीन थरी साइज ४, ६ र ८ इञ्च लम्बाइका ब्लकमध्ये ४ इन्चको ब्लक र प्रचलित इँटाको लागतमा कम्तीमा १५प्रतिशत सस्तो पर्न जान्छ । यसबाट औसत परिवारले बनाउने प्रचलित साढे दुईतले घर बनाउन लाग्ने करोडभन्दा बढी लागतका आधारमा तुलना गर्ने हो भने एउटा घर निर्माण गरिँदा एएसी ब्लक प्रयोग गर्दा उल्लेख्य रकम बचत हुने दखिन्छ । बाह्रै महिना उत्पादन हुने हुँदा एएसी ब्लकको मूल्यमा इँटामा जस्तै पानी पर्नेबित्तिकै मूल्य बढ्ने सम्भावना देखिँदैन । त्यसो हुँदा निर्माणकर्तालाई खर्च कम गराउन मात्र नभई लागतको सही निक्र्योल गर्न सहज हुन्छ ।

हिटर वा आगो बालेर नसुत्नुहाेस्, ज्यान जान सक्छ

जाडो बढेसँगै शरीर र कोठा न्यानो बनाउन आगो तथा हिटर बाल्ने क्रम बढेको छ । हिमालदेखि तराईसम्म बढेको चिसोबाट बच्नका लागि अपनाइने यस्ता उपायले ज्यानै जाने खतरा पनि त्यतिकै रहन्छ । त्यसैले चिकित्सकहरूले कोठा तातो बनाउँदा शरीर नै सदाका लागि चिसो नहोस् भन्नेतर्फ ध्यान दिनुपर्ने सझुाव दिएका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले जाडो महिनामा हावाको आदान प्रदान कम हुने घर वा कोठा तताउँदा ध्यान नपुग्दा ज्यानै जाने गरेको बताउनुभयो । उहाँले कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मुटुमा पनि प्रत्यक्ष हानि गर्ने जानकारी दिनुभयो ।

जाडोयाममा इन्डोर हिटिङ : छालामा नकारात्मक प्रभाव

जाडो मौसममा हामी तातो रहनका लागि हिटर, एसी अथवा आगोले आफ्नो शरीरलाई तताउने कोसिस गर्छौं । तर, इन्डोर हिटिङले तपाईंंको छालालाई डल बनाउन सक्छ भन्ने बारेमा धेरैलाई जानकारी नहुन सक्छ । केही कुराहरुमा ध्यान दिएको …

एअर कन्डिशनरले गर्मी बढाउँछ

गर्मी हुँदा शीतल र जाडो हुँदा तातो बनाउन प्रयोग गरिने उपकरणले पृथ्वीलाई अस्वाभाविक रूपमा तातो बनाइरहेको छ।

जाडो छेक्न र फेसनेबल देखिन मफलर

के बालक, के युवा, के बूढाबूढी; जाडोमा फेसनसँगै शरीर तताउन नभई नहुने पहिरनका रूपमा स्थापित हुँदै छ मफलर। काममा जान होस् या घुम्न, धेरैको आवश्यकता बनेको छ मफलर। फेसन डिजाइनर अनित भुजेल भन्नुहुन्छ, “म स्कुटर चलाउँदा टोपी र मफलर प्रयोग गर्छु। जाडोमा कहिल्यै छुटाउँदिनँ।” ऊनको टोपी र मफलर मन पर्ने भएकाले प्रायः लगाइरहने उहाँ बताउनुहुन्छ। जाडोमा शरीर तातो बनाउन र जुन लुगामा पनि राम्रो देखिन मफलर प्रयोग गर्ने उहाँले बताउनुभयो। वानपिस लुगा होस् वा कोट, मफलर लगाएमा सुनमा सुगन्ध हुने भुजेलको ठम्याइ छ।