जाडोमा हीटर र गिजरले निम्त्याउन सक्छन् कहालीलाग्दो जोखिम, के छन् जोगिने उपाय ?

गत साता सोमवार काठमाण्डूको बागबजारस्थित काठमाण्डू मोडेल कलेज (केएमसी) को छात्रावासमा एक विद्यार्थीको मृत्यु भयो। नुहाउने क्रममा बेहोस भएका उनलाई अस्पताल लग्दालग्दै मृत्यु भएको कलेजका प्रधानाध्यापक डा. नवीन्द्र बहादुर अर्यालले जानकारी दिए। उनले दिएको जानकारी अनुसार मृतक कक्षा १२ मा अध्ययनरत थिए।घटनालगत्तै कलेजका अन्य विद्यार्थी आन्दोलनमा ओर्लिए। उनीहरूले कलेजको होस्टलमा उचित भेन्टिलेशन नभएका कारण निसासिएर आफ्ना साथीको ज्यान गएको दाबी गरेका छन्। कलेज व्यवस्थापनले लापरबाही गरेको आरोप उनीहरूले लगाएका छन्।प्रधानाध्यापक अर्यालले  भने,”घटनाबारे अझै पनि अनुसन्धान भइरहेको छ। कस्ता कमजोरी भए र अबदेखि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ।”चिसो छल्न प्रयोग गरिने विद्युतीय वा ग्यास हीटर तथा गिजरका कारण भएको भनिएको यो पहिलो घटना भने होइन। जाडो महिनामा त्यस्ता उपकरणको प्रयोगपछि दुर्घटनामा परी अस्पताल भर्ना हुने र मृत्यु हुनेको सङ्ख्या उल्लेख्य मात्रामा हुने चिकित्सकहरू बताउँछन्।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पल्मोनोलजी एवं क्रिटिकल केअर मेडिसिन विभागका डा. नीरज बम भन्छन्,”मृत्युका घटना बाहिर आउँछन् तर घाइते हुनेहरूबारे कसैलाई थाहा हुँदैन। यस वर्ष जाडो लागेपछि थुप्रै बिरामी नुहाउँदानुहाउँदै वा आगो ताप्दाताप्दै निसासिएको, बेहोस भएको भन्दै ल्याइएका छन्। उनीहरू ठिक भएर घर फर्किन्छन्।”के कारण निसासिन्छन् मानिस?ग्यासबाट चल्ने हीटर र गिजर चलाउँदा वा कोठाभित्र आगो बाल्दा त्यसबाट कार्बन मोनोक्साइड निस्किने विज्ञहरू बताउँछन्। जुन कोठा वा नुहाउने कोठामा फैलिन्छ। चिसो मौसममा कोठाको झ्यालढोका बन्द रहने भएकाले बाहिरबाट अक्सिजन भित्र पस्न पाउँदैन र भित्रबाट दूषित कार्बन मोनोक्साइडयुक्त हावा बाहिर जान पाउँदैन।“त्यसरी गुम्सिएको कोठामा फैलिएको कार्बन मोनोक्साइड हामी सासबाट लिन थाल्छौँ। त्यो मानिसको फोक्सोमा पुग्छ र फोक्सोबाट रगतका नलीमा गएर रातो रक्तकोषिकाको हेमोग्लोबिनसँग टाँसिन्छ” डा. बम भन्छन्।सामान्य अवस्थामा फोक्सोबाट आएको अक्सिजनलाई हेमोग्लोबिनले बाँधेर शरीरभरि पुर्‍याउँछ। तर अक्सिजनको साटो कार्बन मोनोक्साइड रक्तनलीमा गएपछि मुटु, मिर्गौला, कलेजो र मस्तिष्कसम्म पनि पुग्छ। “त्यसपछि मानिसमा निसासिने समस्या देखिन थाल्छ,” उनले भने।उनका अनुसार यो अवस्थालाई 'कार्बन मोनोक्साइड पोइजनिङ' भनिन्छ।पल्मनरी एन्ड क्रिटिकल केअरविज्ञ डा. रक्षा पाण्डेले भने कार्बन मोनोक्साइडको रङ्ग र गन्ध नहुने भएकाले झट्ट पहिचान गर्न गाह्रो हुने जानकारी दिइन्। अक्सिजनको तुलनामा कार्बन मोनोक्साइड चाँडो हेमोग्लोबिनमा टाँसिन्छ।कस्ता समस्या देखिन्छन्?कार्बन मोनोक्साइड शरीरका भागहरूमा फैलिएपछि सुरुमा टाउको गह्रुङ्गो हुने र दुख्ने, रिँगटा लाग्ने, आँखा तिरमिर हुने जस्ता समस्या देखिन्छन्। गाह्रो बनाउँदै जाँदा शरीर फतक्क गल्ने, बान्ता आउने, हात काँप्नेजस्ता समस्या आउने डा. बमले बताए।”समस्या भोगिरहेको मानिसलाई आफ्नो स्थितिबारे चेत हुँदैन। उनीहरू बाहिर निस्किन पनि सक्दैनन्। त्यसैले निसासिन्छन् र लामो समय अक्सिजन अभावमा रहँदा ज्यान जान सक्छ,” उनले भने।मुटुले अक्सिजन नपाउने यस अवस्थालाई ‘एरिद्निया’ भनिन्छ। यस अवस्थामा मुटुको गति र ताल असन्तुलित हुने चिकित्सकहरू बताउँछन्।यस्तो दुर्घटना प्रायः गिजर प्रयोग गरी नुहाइरहेको वा हीटर बालेर सुतिरहेको अवस्थामा हुन सक्ने चेतावनी उनले दिए। “सुतेकाहरूको हकमा उनीहरू अर्धचेतनमा हुन्छन्। न रिँगटा लागेको थाहा पाउँछन् न टाउको दुखेको नै। त्यसैले बेहोस हुन्छन् र उठ्न सक्दैनन्।”के हुन् समाधानका उपाय?तातोका लागि ग्यासबाट चल्ने वा विद्युतीय उपकरण प्रयोग गर्दा बाह्य र भित्री वातावरणको हावा आवतजावत हुने ठाउँ बनाउँदा तथा झ्याल वा भेन्टिलेशन खुला राख्दा जोखिम घट्ने डा. बमको कथन छ। उनले कार्बन मोनोक्साइड हावामा हलुका हुने र खुला ठाउँबाट बाहिर निस्किने जानकारी दिए।दुर्घटना भइहालेको अवस्थामा अस्पताल पुर्‍याउनुको विकल्प नभएको उनी बताउँछन्। “कार्बन मोनोक्साइड पोइजनिङ भएकाहरूलाई तीव्र गतिमा प्रवाह हुने अक्सिजन सहायतामा राख्नुपर्छ। परीक्षणपछि बिरामीको शरीरको कहाँ कस्तो असर परेको छ सोहीअनुरूप ‍औषधिउपचार गरिन्छ,” बमले भने।अरू कस्तो जोखिम?केही वर्षअघि पुस महिनाको ७ गते। कलङ्की बस्ने इन्जिनियर दम्पती पुष्करराज जोशी र अप्सरा श्रेष्ठको कोठाबाट धुवाँको मुस्लो निस्कियो। धुवाँसँगै हारगुहारको आवाज सुनेपछि छिमेकीहरू उद्धार गर्न गए।कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुर्‍याउँदासम्म त उनीहरू होसमै थिए। उनीहरूका १४ महिने छोरालाई भने त्यहाँ बच्चाको भेन्टिलेटर नभएकै कारण भक्तपुरस्थित सिद्धि मेमोरियल अस्पताल पुर्‍याइयो।उपचार र ठिक हुने आशाबीच घटना भएको पाँच दिनपछि पुष्करको निधन भयो। त्यसको चार दिनपछि पुस १६ गते अप्सराको पनि मृत्यु घोषणा भएको उनका बुबा प्रेमकुमार श्रेष्ठले जानकारी दिए।उनीहरूका छोरा अहिले चार वर्षका भए। उनी शरीरको विभिन्न भागमा पोलेको घाउ बोकेर हजुरबुबा र हजुरआमासँग हुर्किरहेका छन्।प्रहरीका अनुसार घटना भएको रात कोठामा ग्यास हीटर प्रयोग भएको थियो। त्यही हीटरको ग्यास चुहिएर आगलागी भएको प्रहरीको अनुमान छ।नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरका बर्न वार्ड प्रमुख डा. सुरेन्द्र बस्नेतका अनुसार जाडोमा हुने यस्तै दुर्घटनाका कारण अस्पतालमा जलनका बिरामीको सङ्ख्या ह्वात्तै बढ्छन्। उनका अनुसार वार्षिक करिब ६०० जलनका बिरामी आउँछन्। तीमध्ये २० देखि २५ प्रतिशतको मृत्यु हुन्छ।“जाडोमा न्यानोका लागि हीटर, गिजरको प्रयोग गरिन्छ। गाउँघरतिर आगो बालिन्छ। पानी पनि तातै पिउँछौँ। यी सबैको प्रयोगमा सतर्क नहुँदा दुर्घटना हुन्छ,” बस्नेतले भने।कस्ता हुन्छन् जलनका प्रकार?डा. बस्नेतका अनुसार प्रायः तातो पानी शरीरमा पोखिएर हुने जलनको पीडित बालबालिका छन्। सोही उमेर समूहका बालबालिकाहरूले बलिरहेको हीटर समातेर वा हीटरको रापले उनीहरूको लुगा पगालेर भएका घटनाहरू समेत देखिने उनले बताए।सहरी क्षेत्रमा ग्यास हीटर लीक वा विद्युतीय हीटर शर्ट भएर पनि दुर्घटनाहरू भएको विवरण दिए। उनले भने, ”ग्यास लीक भएको छ कि छैन जाँच नगरी वा तार सही छ कि छैन जानकारी नराखी उपकरण प्रयोग गर्दा आगलागी हुन्छ र जलनमा परेकाहरू उपचारका लागि आउँछन्,” उनले भने।यस्ता दुर्घटनाहरूले शारीरिक जलन मात्र गराउने नभई श्वासप्रश्वास प्रक्रिया र फोक्सोमा समेत असर पुर्‍याउने बताए।त्यस्तै दाउराको आगलागीमा परेकाहरू भने प्रायः ग्रामीण भेगबाट आउने उनको भनाइ छ।आगोका अरू कस्ता दुष्प्रभाव?जाडो छल्न मात्र नभई खाना बनाउन प्रयोग गरिने आगो र त्यसको धुवाँका कारण दीर्घ दम तथा खोकी (सीओपीडी) को समस्या बढिरहेको डा. नीरज बम बताउँछन्। उनी यसलाई उपयुक्त भेन्टिलेशन नहुँदाको परिणाम मान्छन् ।धुवाँमा हुने फरक किसिमका ग्यास, रासायनिक तत्त्वले गर्दा दमसँगै नियमित रुघाखोकी, श्वासनली साँघुरो बनाउने जस्ता समस्या निम्त्याउने बताए। ”दीर्घकालीन रूपमा क्यान्सरको समस्या पनि सिर्जना हुन सक्छ।”यस समस्याको समाधान पनि उचित भेन्टिलेशन नै भएको बताए।न्यानोको विकल्प एअर कन्डिशनर (एसी) ले पनि स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन्। बन्द कोठालाई चिसो बनाएर बस्नेहरूमा फ्लूको समस्या अधिक हुने र तापक्रम बढाएर बस्नेहरूमा छालाको एलर्जी, आँखा र नाक चिलाउने जस्ता समस्या देखिने बताउँछन् डा. बम।“समग्रमा यस्ता उपकरणहरूले हानि नै गर्छन्। प्रयोग गर्नु पर्ने बाध्यताहरू हुन्छन् तर सतर्क भएर चलाउनुपर्छ।”  -बिबिसीबाट

सम्बन्धित सामग्री

सिद्धार्थ बैंक र उपाय बिजनेस सोलुशन्सबीच सम्झौता

काठमाडौं– सिद्धार्थ बैंक र उपाय बिजनेस सोलुशन्सबीच बैंकका ग्राहकको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवा प्रदान गरेर लघु, साना र मझौला उद्यमीलाई एमएसएमई सहयोग गर्ने सम्झौता भएको छ । साझेदारीअन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय बिजनेस सोलुशन्सको सेवा लिने छन् । यसबाहेक, उपायले व्यावसायिक […]

धनप्राप्तिका उपाय

आचार्य चाणक्यले आफ्नो चाणक्य नीतिमा धनप्राप्तिका लागि निम्न उपाय बताएका छन् : पारिवारिक मेल : जुन घरको वातावरण लक्ष्मीको स्वागतका लागि पूर्णतः तयार हुन्छ, त्यस घरमा धनको कमी हुँदैन । जुन घरको...

‘राष्ट्रपतिको कदमविरुद्ध कानूनी उपाय खोज्छौँ’

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदमविरुद्ध कानूनी उपाय खोजिने बताएका छन् । बुधबार काठमाडौंमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै अध्यक्ष नेपालले संवैधानिक व्यवस्थालाई उल्लंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानूनी उपाय खोजिने बताएका हुन् ।  कानूनी उपाय […]

गाडी चाहियो? उपाय छँदै छ नि!

काठमाडौँ – ‘हालै मात्र उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो परिवर्तन गरेको छ। अब उपाय सिटी कार्गो ‘उपाय’को नामले चिनिने छ,’ देश सञ्चारसँगको कुराकानीका क्रममा ‘उपाय’का कमर्सियल डिरेक्टर राहुल मल्ल ठकुरीले भने। ठकुरी यहाँको मार्केटिङ, सेल्स र विजनेस डिपार्टमेन्ट हेर्छन्। ‘नेपालमा व्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदायकको […]

उपाय सिटी कार्गो अब नयाँ रुपमा

उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो हालै अनावरण गरेको छ। अब उपाय सिटी कार्गो, ‘उपाय’को नामले चिनिने कम्पनीले जनाएको छ । कार्गोले नेपालमा व्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदान गर्दै आएको छ ।  उपायले प्रविधिको सही प्रयोग गरेर समग्र दुवानी व्यवसायलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने प्रयास गरिरहेको उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए । निलो र सुन्तला रंगमा डिजाईन गरिएको उपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रत

उपाया सिटी कार्गोको ‘उपाय फुलफिल्मेन्ट सर्भिस’

उपाया सिटी कार्गो कम्पनीले ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको हो ।नेपालभर सानादेखि ठूला व्यापार तथा साधारण ग्राहकलाई समेत सेवा प्रदान गरी, ढुवानी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउने लक्ष्य लिएको यस कम्पनीले ‘उपाय अन डिमाण्डु र मेरो उपाय’ जस्ता सेवाहरुको सफलता पछि […]

एनआईबीएल एस र उपाय बिजनेस सोलुसनबीच सम्झौता

एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच सेवाहरुमा समन्वय गर्ने सम्झौता भएको छ ।नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व रहेको एनआईबीएस एस र उपाय बिजनेस दुवै संस्थाका ग्राहकहरु लाभान्वित हुने गरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारी पत्रमा एनआईबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुसन प्रालिका महाप्रबन्धक राजु केसीले हस्ताक्षर […]

उपाय सिटी कार्गोको सेवा विराटनगरमा विस्तार

उपाय सिटी कार्गोले हालसालै आफ्नो सेवा विराटनगरमा विस्तार गरेको छ । देशभर सेवा विस्तार गर्ने लक्ष्य लियको उपाय सिटी कार्गोले हाल सम्म काठमाण्डौं, बुटबल, भैरहवामा आफ्नो सेवा बिस्तार गरि, सामान ढुवानीको व्यवसायीमा ख्याती कमाउन सफल भएको छ । सोही प्रक्रिया अन्तर्गत प्रदेश १ मा व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण सहर, बिराटनगरबाट आफ्ने सेवाको विस्तार गर्ने जानकारी यस […]

कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य

नगदमा आधारित कारोबार÷भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंकले उपाय सिटी कार्गोसँग सहकार्य गरेको छ । सहकार्यसम्बन्धी सो सम्झौतापत्रमा बैंकका अध्यक्ष अमिरप्रताप राणा र उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीको तथा एफ वान इन्टरनेसनलका विश्वास ढकाल एवम् युके एडअन्तर्गतको सीप का नेपाल प्रमुख बल्जित बोहराले हस्ताक्षर गरेका छन् ।उपाय सिटी कार्गोसँग आबद्ध पिक–अप ड्राइभर पार्टनरहरुलाई क्यूआर […]

नबिल बैंक र उपाय सर्भिसेसबीच सम्झौता

नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुलाई उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमलाई सहयोग गर्ने सम्झौता गरेको छ ।यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन् । यसबाहेक उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र […]