रुसकाे सशस्त्र सेनाले शनिबार उच्च मिसाइलसहित १७ युक्रेनी सैन्य क्षेत्रमा गरेको प्रहारमा रकेट तथा तोपखाना भण्डार गर्न प्रयोग हुने एउटा गोदामलाई नष्ट गरेको दाबी गरेको छ । हवाई हमलामा २ सयभन्दा बढी युक्रेनी फौज मारिएको र २३ ओटा बख्तरबन्द बहानहरु ध्वस्त पारेको एउटा अनलाईन पोस्टमा रुसी रक्षा मन्त्रालयले जनाएको छ । रुसी दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ । हमलाबारे युक्रेनी पक्षले कुनै टिप्प्णी गरेको छैन् । अनलाईन पोस्टमा ओडेसा विमानस्थलमा भएको हमलाको कुनै उल्लेख गरेको छैन । विमानस्थलल