‘डाट्सन फेस्टिभ हट डिल’ योजनाः कार किन्दा मोबाइल गिफ्टदेखि २ लाखसम्मको छुट

काठमाडौं । नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चाडपर्वको अवसर पारेर ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ ।कार खरिद गर्ने व्यक्तिहरुका लागि कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर यो आकर्षक योजना ल्याएको हो । यस योजनामा ग्राहकले कूल २ लाख ४ हजार १५२ बराबरको विशेष सुविधा, १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्ने कम्पनीले जनाएको छ । साथै १ वर्षको बीमा तथा सवारी कर, वा

सम्बन्धित सामग्री

होन्डाको बिग बाइक किन्दा १ लाख नगद छुट

काठमाडौं । होन्डाका बिग बाइक सेग्मेन्टका मोटरसाइकल खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले फेस्टिभ स्कीम अन्तर्गत उक्त छुट दिने भएको हो । कम्पनीका अनुसार फेस्टिभ स्कीम अन्तर्गत होन्डा Hornet 2.0 मोटरसाइकल किन्दा १२ हजार रुपैयाँ नगद छुट पाइने छ । त्यस्तै […]

साओमीको फेस्टिभ अफर : रेड्मी फोन किन्दा नगद छुट

साओमीले चाडपर्वलाई लक्षित गर्दै ‘चाडपर्वको मुड, अफर टु गुड’ नामक विशेष योजना ल्याएको छ । यस योजनाअन्तर्गत विभिन्न मोडलका रेड्मी फोन खरिदमा २ हजार रुपैयाँसम्म छुट दिइएको कम्पनीले जनाएको छ ।

निसानको ‘फेस्टिभ ड्राइभ’, नाडा अटो सोमा गाडी किन्दा ८ लाखसम्म छुट

निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘फेस्टिभ ड्राइभ’ नामक विशेष छुट योजना ल्याएको  छ । यो योजना निसानका सबै गाडीहरू (म्याग्नाइट, किक्स, नाभारा, लिफ र एक्स–ट्रायल)मा लागू हुने कम्पनीले जनाएको छ ।

‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ स्कीममा गाडी किन्दा ५ लाखसम्म नगद छुट

काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको यो स्कीम भाद्र ३० गतेदेखि सुरु भएको हो । यस योजना अन्तर्गत ग्राहकहरुले मोडल अनुसार ५ लाखसम्मको आकर्षक नगद छुट र अर्को स्क्र्याच कार्ड मार्फत् थप […]

हुन्डाईको गाडी किन्दा ५ लाखसम्मको नगद छुट

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोबाईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ल्याएको छ । यो योजना भदौं ३० गते देखि सुरु भएको हो । सो योजना अन्तर्गत ग्राहकले ५ लाखसम्मको आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख ५० हजारसम्मको नगद छुट पनि […]

हुन्डाइको गाडी किन्दा ५ लाखसम्म नगद छुट

हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना भाद्र ३० गतेदेखि सुरु भएको कम्पनीले जनाएको छ ।  यस योजना अन्तर्गत, ग्राहकहरुले रु.५,००,००० सम्मको आकर्षक नगद छुटका साथै स्क्यान कार्ड मार्फत् थप १५०,००० लाख सम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर

बज्र ग्रुपको दशैँ अफरः एउटा किन्दा अर्को सित्तैमा

बज्र ग्रुपले हरेक वर्ष ल्याउदै आएको, बज्र स्यानिटरिवेरको दशैं फेस्टिभ अफर यस वर्ष पनि सुरु गरेको छ । बानेश्वर, ढोलाहिटी, लगनखेल र पोखरासहित चारै शाखा कार्यालयहरुमा उपलब्ध उक्त अफरमा कम्पनीले कम्बो, स्क्रयाच कुपन, बाइ वान गेट वान फ्री र क्यासब्याक अफर ल्याएको छ ।यो अफर भाद्र २४ गतेदेखि २०७८ कार्तिक १० गतेसम्म लागू हुनेछ ।यस बज्र ग्रुपले फेष्टिभ अफरबाट बजारमा रहेको भन्दा अन्तराष्ट्रिय स्तरका उत्पादन, सेवा र छुट उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुष्टि प्राप्त हुने विश्वास कम्पनीले लिएको छ । स्थापना भएको ३० वर्ष पुगिसकेको यस बज्र ग्रुपले Kohler, Somany, Jaquar, Hindware, CRW  जस्ता ब्राण्डका सामाग्री बिक्रि गर्दै आइरहेको छ ।

गाडी व्यवसायीलाई लाग्यो दशैँ, कुन कम्पनीको कस्तो छ अफर ?

अटोमोबाइल्स व्यवसाय चलायमान बन्ने सिजन हो अहिले । दशैँको मुखैमा हुने ‘नाडा अटो शो’ गत वर्षदेखि हुन पाएको छैन । यदि अटो शो हुँदो हो त, विभिन्न कम्पनीले त्यहीँबाट आफ्ना अफर सार्वजनिक गर्थे । तर, अहिले कम्पनीहरुले दशैँ र तिहार लक्षित अफरहरु सामाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फ सार्वजनिक गर्दै आएका छन् ।बिक्रेताहरुले आफ्नो शोरुमसम्म ग्राहकलाई तान्न विभिन्न अफर ल्याएका छन् । सर्भिसिङदेखि नगद छुटसम्मका स्किमहरु छन् । यति मात्रै नभई कम्पनीहरुले गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेका छन् ।सुजुकीसुजुकी चार पांग्रे सवारीको नेपालका लागि आधिकारिक बिक्रेता हो सिजी मोटोकर्प । सिजी मोटोकर्पले चाडपर्व लक्षित ‘सुजुकी पर्वोत्सव अफर’ योजना ल्याएको छ ।यो योजना अन्तर्गत २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको बीमा र स्क्रयाच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउन सकिने छ । हुण्डाईहुण्डाई ब्राण्डका गाडीको नेपालको आधिकारिक बिक्रेता हो लक्ष्मी इन्टरकन्टिनेन्टल । कम्पनीले चाडपर्वको अवसरमा ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ नामक अफर योजना ल्याएको छ । यस अफर योजनाअन्तर्गत ३ लाख रुपैयाँसम्मको नगद छुट, स्क्रयाच कार्डमार्फत १ लाखसम्म थप नगद छुटसहित १ वर्षसम्मको बीमा र सडक दस्तुर फ्रि गरिदिएको छ ।बम्पर उपहारमा १ जना ग्राहकले लक्की ड्रमार्फत हुण्डाई आई–२० गाडी पाउने छन् ।ड्याट्सनड्याट्सन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो पायोनियर मोटोकर्प । कम्पनीले चाडपर्वको अवसरमा ‘ड्याट्सन फेस्टिभ हट डिल’ नामक अफर योजना ल्याएको छ ।यो योजनामा ग्राहकले २ लाख ४ हजार १५२ रुपैयाँको विशेष सुविधा, १ लाख २५ हजार नगद छुट पाउने छन् । ड्याट्सनको गाडी किन्ने ग्राहकले २७ हजार ९९९ रुपैयाँ पर्ने रेड्मी नोट–१० एस मोबाइल पनि पाउने छन् ।१ वर्षको बीमा, एक आर्थिक वर्षको कर पनि योजनामा समावेश गराईएको छ । फाइनान्स र एक्स्चेन्ज अफर पनि उपलब्ध रहेको छ ।निशाननिशानका गाडीहरु नेपालमा बिक्रि गर्ने आधिकारिक बिक्रेता हो पायोनियोर मोटोकर्प । कम्पनीले चाडपर्व लक्षित ‘निशान फेस्टिभ ड्राइभ’ नामक अफर योजना ल्याएको छ । योजनाअन्तर्गत निशान गाडी खरिदमा २ लाख ५० हजारसम्म नगद छुट, १ वर्षको बीमा, १ वर्षको सडक दस्तुर, ३ वर्ष निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहेको छ ।टाटाटाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक हो सिप्रदी ट्रेडिङ प्रा.ली. । कम्पनीले दशैँ तिहारको अवसरमा ‘यसपालीको दशैँ तिहार, टाटाका सफेस्ट कार, हर्षमय परिवार’ नामक योजना ल्याएको छ ।यो योजनाअन्तर्गत २ लाखसम्म नगद छुट, एक्सचेन्ज बोनस, निशुल्क एक्सेसोरिज र एक वर्षको निःशुल्क सडक कर रहेको छ । व्यवसायीक गाडीमा खरिद तथा बुकिङमा ग्राहकले ४ पटकसम्म उपहार पाउने छन् । टाटाको मिनी ट्रक, मिनी टिपर, ट्रक, टिपर, बस, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक लगायतका व्यवसायीक गाडीको खरिदमा ग्राहकले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्टफोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याक लगायतका उपहार प्राप्त गर्न सक्नेछन् ।कम्पनीले हरेक साता ‘लक्की ड्र’ मार्फत गाडी बुकिङ गर्ने ग्राहकहरूमध्ये १ जनालाई ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्रमा गाडी खरिद गरेका ग्राहकहरूमध्ये ४३ जनाले थप उपहार पाउने पनि जनाएको छ ।प्रोटोनप्रोटोनको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पनि चाडपर्व लक्षित योजना ल्याएको छ । ‘दशैँ–दक्षिणा’ नामक योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स–७० को खरिदमा ६ लाख रुपैयाँसम्म दक्षिणा पाउन सक्नेछन् ।कुनै पनि ब्राण्डको पुरानो गाडी राखेर नयाँ प्रोटोन एक्सचेन्ज गरेमो ५० हजार देखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध गराईने कम्पनीले जनाएको छ । पूरै पैसा तिरेर नयाँ गाडी किन्दा ५० हजारदेखि २ लाख ५० पचास हजारसम्म छुटको व्यवस्था गरेको छ ।किस्ताबन्दीमा सवारी खरिद गर्न शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ एन्ड क्रेडिट कोओपरेटिभले इन–हाउस फाइनान्सिङको सुविधा पनि उपलब्ध गराउने छ ।अफर समायोजन नगरी प्रोटोन सागाको मूल्य ३७ लाख ९९ हजार र प्रोटोन एक्स–७० को मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।फक्सवागनफक्सवागन गाडीको लागि नेपालको आधिकारिक बिक्रेता हो पुजा इन्टरनेशनल । कम्पनीले ‘दशैँ तिहार भल्क फेस्ट’ नामक योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले बिएमडब्लु जी–३१० जिएस, सुजुकी बर्गम्यान स्कुटर र सामसङ ग्यालेक्सी जेड फ्ल्पि–३ मोबाइल जित्न सकिनेछ । नगद छुट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।फोर्सफोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैं तिहार लक्षित फोर्सको १० अफर योजना ल्याएको छ । फोर्स मोटर्सले ‘फोर्स मोटर्स दशैँ तिहारमा १० अफर’ नामक योजना ल्याएको हो ।अफर अन्तर्गत गाडीको मूल्यमा १० प्रतिशत नगद छुट, स्पेयर पार्टस्मा १० प्रतिशत छुट प्रदान गरिने कम्पनीका महाप्रवन्धक मनोज इटानीले जानकारी दिए । १० पटकसम्म निःशुल्क सर्भिसिङ प्रदान गरिनेछ भने १० जनालाई लक्की ड्रबाट सामसुङ एफाइभ–टु मोडलको स्मार्ट फोन उपहार प्रदान गरिनेछ ।फोर्सको क्रुजर जिप र ट्राभलर माइक्रो बस तथा मिनी बसका कुनै पनि मोडेलका गाडीहरु खरिद गर्दा यो अफर पाउन सकिने कम्पनीले जनाएको छ । फोर्स मोटर्स नेपालका तर्फबाट अहिलेसम्म कै सबैभन्दा ठूलो अफर ल्याएको इटानीले बताए ।फोर्स गाडीको प्रत्येक मोडलमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी सुविधा उपलब्ध छ ।