काभ्रे : कोरोना संक्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालय (जिप्रका)ले एक साताका लागि अत्यावश्यकबाहेकका सेवा प्रवाह स्थगनको समय बढाएको छ।प्रशासनले आइतबार सार्वजनिक सूचना जारी गर्दै माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ। यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो।यसैबीच रोशी गाउँपालिकाले आजदेखि वारअनुसार सेवा सञ्चालन गर