भारतले सीमावर्ती क्षेत्रमा निर्माण गर्ने अवैध संरचनाका कारण डुबानमा पर्दैआएको बाँकेमा भारतले दशगजामा सडक बनाएपछि डुबानको समस्या थपिएको छ । पछिल्लो समय भारतले बाँकेको जमुनाह नाकादेखि पूर्वतर्फ दशगजासँगै जोडेर भारतले सतहभन्दा अग्लो पक्की सडक निर्माण गरेको हो । सो सडक जमुनाहा नाकास्थित ६५१ नम्बरको जङ्गे पिलरबाट पूर्वतर्फ सुइया बघौडासम्म निर्माण गरिएको छ । निर्माणाधीन सडक …