दशगजा क्षेत्रमा नेपाली झण्डा

इलाम – इलामको सन्दकपुर गाउँपालिकाको दशगजा क्षेत्रमा नेपाली झण्डा फहराइएको छ । नेपाल–भारत सीमामा अतिक्रमण बढेको भन्दै जौबारीको दशगजा क्षेत्रमा भारतको विरोधमा नेपाल कम्युनिस्ट पार्टी सन्दकपुर गाउँपालिका कमिटीले झण्डा फहराएको हो । दिनदिनै अतिक्रमण बढ्दै गएकाले यसबाट कसरी जोगिने भन्नेबारेमा कमिटीको बैठकसमेत बसेको एमाले जिल्ला सचिव उमेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार भारतले सन्दकपुर गाउँपालिकाका विभिन्न बस्तीमा स्थानीयवासीलाई भौतिक संरचना बनाउनबाट वञ्चित गरेको छ । गाउँपालिकाको वडा नम्बर...