३० भदौ, काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समिति महाअभियोगको विषयवस्तुभन्दा बाहिर गएको टिप्पणी गरेका छन् । समितिले डाकेको छलफलमा सहभागी हुन अस्वीकार गर्दै उनीहरुले निश्चित विषयवस्तु र आरोपविना आफूहरु समितिमा सामेल हुन नसक्ने जवाफ लेखेका हुन् । नेपालको संविधानको धारा १०१ अनुसार जे विषयमा महाभियोग लगाइएको हो, तिनैको विषयमा केन्द्रित भई सिफारिस समितिले […]