पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दावी गरेका छन् । शनिबार एमालेको काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले सीमा विवाद अध्ययन समिति बनाएर कसलाई खुसी पार्न खोजेको हो भन्दै प्रश्न समेत गरे ।