साँफे–मार्तडी सडक सञ्चालनमा

अछामको साँफेदेखि बाजुराको मार्तडी जोड्ने सडक सञ्चालनमा आएको छ । असोजको दोस्रो हप्तामा केही दिन सामान्य सञ्चालनमा आए पनि असोज ३१ देखि कात्तिक २ गतेसम्म लगातार परेको अविरल वर्षाले साँफे–मार्तडी सडक अन्तर्गतको बल्देमा पहिरो गएपछि साँफे–मार्तडी सडक २ हप्तासम्म अवरुद्ध भएको थियो ।  सवारीसाधन मार्तडी नपुग्दा जिल्लाका व्यापारीलाई सामान ढुवानी साथै यात्रु आवागमन गर्न समस्या थियो । सामान ढुवानी गर्न असहज भएपछि उपभोक्ताले चर्को मूल्यमा दैनिक उपभोग्यका सामान खरिद गर्दा महंगीको मार खेप्नु परेको स्थानीयको भनाइ छ ।&...

सम्बन्धित सामग्री

अझै सञ्चालनमा आएन साँफे-मार्तडी सडक

पहिरोका कारण लामो समय देखि अवरुद्ध बन्दै गएको बाजुराको साँफे–मार्तडी लोकमार्ग अझै सञ्चालनमा आएको छैन । गत जेठको २३ गतेदेखि आएको अविरल वर्षाले बाजुर्गाडदेखि मार्तडी सम्मको सडक खण्ड अवरुद्ध हुँदै आएको थियो । तीन महिनादेखि सो सडक सञ्चालनमा नआउँदा बाजुरावासीले दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न निकै सास्ती खेप्दै आउनु परेको छ ।  अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन साँफेबगर अछामलाई पत्र पठाएपछि अहिले काम सुरु भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

साँफे–मार्तडी सडक अवरुद्ध

अछाम – लगातारको वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ। केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिराले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। उनका अनुसार राजमार्ग सडकको बल्दे, अम्कोट, द्वारी र ओलेनामा ठूलो पहिरो आएर अवरुद्ध बनेको छ। उक्त क्षेत्रमा ठूलो पहिरो आएको […]

साँफे–मार्तडी सडक पुनः अवरुद्ध

साँफे–मार्तडी सडक पुनः अवरुद्ध भएको छ । गएरातीको अविरल वर्षापछि पहिराे जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो सडकखण्डमा दुई ठाउँमा पहिरो गएको छ । लामो समयदेखि बन्द सडक केही दिन पहिले सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको केही दिनमै पुनः पहिरो गएपछि साँफे मार्तडी सडकको बाजुरा खण्ड सम्पर्कविहीन भएको छ । लगातारको वर्षाले साँफे मार्तडी सडकखण्डको ठाउँठाउँमा पहिरो आएपछि बुधबार रातिबाट सडक अवरोध भएको छ । सडक अवरुद्ध बनेसँगै यातायातका साधन तथा

तीन महिनादेखि अवरुद्ध साँफे-मार्तडी राजमार्ग पुनः सञ्चालन

लगातार परेको अविरल वर्षाका कारण पहिरो गएपछि तीन महिनादेखि अवरुद्ध साँफे मार्तडी सडक खण्ड पुनः सञ्चालनमा आएको छ ।असारको पहिलो सातादेखि भदौसम्म आएको अविरल वर्षाले बार्जुगाडदेखि मार्तडीसम्मको बाटो अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रहमा सडक डिभिजन कार्यालय अछामले काम सुचारु गरेपछि सडक सञ्चालनमा आएको हो । लामो समयसम्म सडक सुचारु नुहँदा जिल्लाका व्यपारीहरुलाई सामान ढुवानी गर्नका साथै यात्रुलाई आवजावतमा समस्या भएको थियो । व्यापारीहरुलाई सामान ढुवानी गर्न असहजता भएपछि उपभोक्ताहरुले पनि दैनिक उपभोग्यका समान खरिद गर्दा चर्को महंगीको मार खेप्नु परेको थियो ।