लगातार परेको अविरल वर्षाका कारण पहिरो गएपछि तीन महिनादेखि अवरुद्ध साँफे मार्तडी सडक खण्ड पुनः सञ्चालनमा आएको छ ।असारको पहिलो सातादेखि भदौसम्म आएको अविरल वर्षाले बार्जुगाडदेखि मार्तडीसम्मको बाटो अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रहमा सडक डिभिजन कार्यालय अछामले काम सुचारु गरेपछि सडक सञ्चालनमा आएको हो ।
लामो समयसम्म सडक सुचारु नुहँदा जिल्लाका व्यपारीहरुलाई सामान ढुवानी गर्नका साथै यात्रुलाई आवजावतमा समस्या भएको थियो । व्यापारीहरुलाई सामान ढुवानी गर्न असहजता भएपछि उपभोक्ताहरुले पनि दैनिक उपभोग्यका समान खरिद गर्दा चर्को महंगीको मार खेप्नु परेको थियो ।