फोनपेका अध्यक्ष जोशीको पद बहाली

काठमाडौं। फोनपेका अध्यक्ष सशीन जोशीले पद बहाली गरेका छन् । उनले मङ्सिर २७ गते नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रबाट शपथ लिएका थिए । यसअघि उनी फोनपेको स्वतन्त्र सञ्चालकको रूपमा आबद्ध थिए । जोशी जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तरराष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रूपमा परिचित छन् । उनी दुई दशकभन्दा लामो समय नेपालका प्रमुख बैंकिङ संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । जोशीले संस्थालाई अझै बढी सबल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रूपमा विकास गर्न व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग रहने विश्वास दिलाए ।

सम्बन्धित सामग्री

त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष भट्टराईद्धारा पद बहाली

त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा डा घनश्याम भट्टराईले आज पदबहाली गरेका छन्।...

एनआरएनएका तीनत्रयले सम्हाले नेतृत्व

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरू कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले सोमबार दिउँसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् । निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए ।उनले तीनै जना अध्यक्षहरूलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए । आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पद

१४ लाख भूमिहीनलाई जग्गा व्यवस्थापनकाे तयारी भइरहेकाे छ : अध्यक्ष निरौला

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले मुलुकभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरी भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान गरिने बताएका छन् । उदयपुरमा राष्ट्रिय भूमि आयोगको जिल्लास्थित समितिको कार्यालय स्थापना गरी जिल्ला समितिका अध्यक्षसमेतको पद बहाली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले अघिल्ला आयोगले गरेका कामलाई निरन्तरता दिँदै अहिलेको आयोगले कार्य अगाडि बढाउने बताए ।भूमिहीन,सुकुकुम्बासी र अव्यवस्थित बसोबासीसमेतलाई व्यवस्थित गर्दै मुलुकभरका करिब १४ लाख

एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै

काठमाडौं : नेकपा एमालेका  नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पदबहाली गर्दै छन्। दशौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओलीले आज पदबहाली गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जनाकारी दिए। तामाङका अनुसार दिउसो १ बजे अध्यक्ष ओलीले थापाथली स्थित केन्द्रीय कार्यलयमा पद बहाली गर्ने कार्यक्रम तय गरिएको छ।चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा भीम रावललाई भारी मतान्तरले हराउँदै ओली दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्। ओलीसँगै एक वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिका

एमालेका नव निर्वाचित अध्यक्ष ओलीको आज पद बहाली हुने

काठमाडौं । नेकपा एमालेका नव निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको पद बहाली हुने भएको छ । आज दिउँसो एक बजे केन्द्रीय पार्टी कार्यलयमा पद बहाली हुने भएको हो । एमालेको भर्खरै सम्पन्न दशौं महाधिवेशनले केपी ओलीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हाे । ओलीले अर्का अध्यक्षका उमेदवार भीम रावललाई भारी मतान्तरले पराजित गर्नु […]

हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई शपथ

श्रेष्ठले शपथग्रहणपछि अध्यक्षको पद बहाली गरेका छन्। उनलाई बैँकका सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणालगायत बैँकका वरिष्ठ अधिकृतहरूले स्वागत गरेका छन् ।...

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, आजै गरे पदबहाली

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठलाई आज पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्  ।  अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बैंक अध्यक्षको पद बहाली गरे । उनलाई बैंकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बैंकका वरिष्ठ अधिकृतहरूले स्वागत गरे ।  श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबारका दिन बसेको बैंकको ४११ औं   संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमा...