नेपालले सिफारिस गरेका राजदूत शंकर शर्माका नाममा सहमति (एग्रिमो) का लागि पत्राचार गरेको साढे दुई महिना बितिसक्दा पनि भारतले जवाफ दिएको छैन । शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसक्दा भारतबाट भने एग्रिमो नआएको हो । एग्रिमो नआउँदा शर्माको नियुक्ति हुन सकेको छैन ।