वित्तीय संस्थाहरुले आम जनतामा प्रभावकारी सेवा दिन नसक्दा अझै पनि गाउँघरमा साहू महाजनसंग ऋण लिएर खर्च टार्ने प्रचलन कायमै छ । तर, यसरी ऋण लिंदा मिटरब्याज लगाएर उठीबास लगाउनेहरु प्रशस्तै रहेको पाइएको छ । केही समयअघि मिटरब्याजी काण्ड अन्त्यका लागि सरकारले यसको अन्त्यका लागि कार्यदल गठन गरेर उजुरी आव्हान गर्दा अहिलेसम्म देशभर १९३७ उजुरी परेको …