केही हप्तादेखि भारतमा कोरोना भाइरसको सङ्क्रमण दर बढ्न थालेपछि नेपालमा पनि त्रास बढेको छ ।
भारतमा उच्च बिन्दुमा पुगेर नियन्त्रण उन्मुख पुगिसकेको कोरोना भाइरसको सङ्क्रमण दर एक्कासी बढ्न थालेपछि नेपालमा पनि यसको डर बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशलाई पत्र लेखेर उच्च सतर्कता अपनाउन र भारतबाट आउनेहरुको परीक्षण गर्न निर्देशन दिइसकेको छ ।
सरकारले सीमानाकामा निगरानी गर्न निर्देशन दिए पनि धेरैजसो नाकाहरुमा निगरानीको काम अगाडि बढ्न सकेको छैन । केही नाकाहरुमा बल्ल सुरु गर्ने तयारी छ । केही सी...