गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको महासचिव भएपछि आफूले सुरू गरेका रुपान्तरणका प्रयासलाई थप संस्थागत गर्न आवश्यकता महशुस भएको भन्दै शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।‘संस्थाका महासचिवको जिम्मेवारी लिएपछि सबैलाई केही अनुभूति हुने गरी काम गर्ने छु भन्ने प्रतिबद्धतासहित आएको थिएँ, त्यसको परिणाम सबैतिर दिन थालेको छ’ डा. शर्माले भने, ‘संस्थामा