विराटनगर : पछिल्लो समय गम्भीर र कडा लक्षण भएका कोरोना संक्रमितको उपचारमा अक्सिजन अत्यावश्यक भइरहँदा विराटनगरस्थित कोसी अस्पतालमा भने अक्सिजन प्लान्ट जडानमा ढिलाइ भएको छ। नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनको (ANMS) १ करोड ७ लाख रुपैयाँ सहयोगमा कोसी अस्पताल परिसरभित्र बन्ने अक्सिजन प्लान्ट जडान हुने भनिएको थियो। कोसीमा अक्सिजन प्लान्ट जडानको लागि काठमाडौंस्थित डाइनोक्यामले ठेक्का पाएर काम सुरू गरेको लामो समय भइसक्यो। अक्सिजन प्लान्टको लागि कोस