काठमाण्डाै – नेकपा एमालेले आउँदाे मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले आज मङ्गलवार काठमाण्डाैकाे कान्तिपथमा रहेकाे निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । संविधान र कानुनी व्यवस्थाअनुसार आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि दर्ता गराउने काम गरिएको महासचिव पोखरेलले जानकारी दिनु भयो । उहाँले आफ्नो पार्टी दल द...