काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने चुनावका लागि राजनीतिक दल दर्ता सुरु भएको छ ।
अहिलेसम्म चार/पाँच दलले आयोगमा आफ्नो दल दर्ता गराएका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।
आउँदो ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता गर्न पाइन्छ । आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्...