काठमाण्डाै - स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा अहिलेसम्म २९ वटा दल दर्ता भएका छन्।
पछिल्लो पटक थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो। यसअघि दश वटा राजनीतिक दलले निवेदन दिएका थिए।
आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, विवेकशील पार्टीलगायतले निवेदन दिएका हुन्।
आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि फागुन ५ गते सूचन...